शनिबार, मंसिर १३, २०८२

केन्यासँग नेपाल १८ रनले पराजित

मेरोन्यूज २०७९ भदौ १० गते १९:२३

काठमाडौँ । टि २० श्रृङखलाको दोस्रो खेलमा नेपाल १८ रनले पराजित भएको छ । आज भएको केन्यासँगको खेलमा नेपाल पराजित भएको हो ।

नैरविस्थित जिमखाना क्रिकेट मैदानमा टस हारेर पहिला फिल्डिङ रोजेको नेपालले २० ओभरमा १३४ रनको विजयी लक्ष्य पाएको थियो । नेपाल १९ ओभरमा ११४ रन बनाएर अलआउट भयो ।

नेपालका लागि आरिफ शेख १५ रन, राहित पौडेल र आदिल अन्सरिले समान २० रन, पवन सर्राफ १९ रनबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

केन्याको वलिङमा इमान्युएल बुण्डी, लुकास ओलुओचर भिराज पट्टेलले समान दुई विकेट लिए । यूगिनी ओचिएङ र निहेमिया ओदिआम्बोले समान एक विकेट लिए ।

पहिलो खेलमा नेपालले केन्यालाई पाँच विकेटले हराएको थियो । पाँच खेलको श्रृङखलामा नेपाल र केन्याबीचको तेस्रो खेल आइतबार हुने छ ।

प्रतिक्रिया