क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ
काठमाडौँ । नेपाल प्रहरीले क्रोएसिया पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले आकर्षक तलबमा क्रोएसिया पठाइदिन्छु भनी रकम ठगी गर्ने धनकुटा चौबिसे गाउँपालिका ५ घर भई हाल काठमाडौँको भीमसेनगोला बस्ने ३८ वर्षीय शान्तकुमार देवानलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
कार्यालयका सूचना अधिकृत दुर्गाराज रेग्मीले क्रोएसिया पुग्नका लागि प्रतिव्यक्ति सात लाख लाग्छ र तलब एक लाख हुन्छ भनी विभिन्न व्यक्तिसँग दुई लाख रकम लिएर सम्पर्कविहीन भएका देवानलाई काठमाडौँको कागेश्वर मनोहराबाट पक्राउ गरिएको जानकारी दिए ।
वैदेशिक रोजगार विभागले ठगी गरी फरार देवानलाई पक्राउ गरी उपस्थित गराउन भनी पत्राचार गरेको आधारमा पक्राउ गरिएको हो । पक्राउ देवानलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाएको सूचना अधिकृत रेग्मीले बताए ।















माघ १९ गते आइतबार, कुन राशिका लागि शुभ ?हेर्नुहोस् आजकाे राशिफल
टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
मौसम बदलीट: कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण
प्रतिक्रिया