नेकपा एस तनहुँद्वारा उम्मेदवार सिफारिस

काठमाडौँ । नेकपा एकीकृत समाजवादी तनहुँले मङ्सिर ४ गते हुने निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । एकीकृत समाजवादी प्रतिनिधिसभा क्षेत्र कमिटीले दुई सङ्घ र चार प्रदेशसभाका लागि आज उम्मेदवार सिफारिस गरेको हो ।
प्रतिनिधिसभा क्षेत्र कमिटीले सिफारिस गरेको उम्मेदवार जिल्ला कमिटीमा पठाइएको छ । तनहुँ क्षेत्र नम्बर १ प्रतिनिधिसभाका लागि प्रतापलाल श्रेष्ठ, कृष्णकुमार श्रेष्ठ, कलिला खान, सीताराम घले परियार र विष्णुबहादुर खड्का सिफारिस भएका छन् ।
प्रदेश (क)तर्फ विद्या ढकाल, रामकला पौडेल, लालकुमार श्रेष्ठ र कल्पना नेपाली सिफारिस भएका छन् । प्रदेश (ख)तर्फ मनुमाया श्रेष्ठ, गजेन्द्र पन्थ, श्रीप्रसाद भट्टराई र तेजबहादुर सुनार सिफारिस भएका छन् ।
तनहुँ क्षेत्र नम्बर २ प्रतिनिधिसभाका लागि चित्र थापा, शङ्कर पोखरेल, दुर्गा नेपाली, सानुमाया महत सिफारिस भएको छ । प्रदेश (क)तर्फ रेखा थापा बस्याल, दुर्गाकुमार श्रेष्ठ, थमन आले, कमल गैरे सिफारिस भएका छन् । प्रदेश (ख)तर्फ काजीमान श्रेष्ठ, भक्त रसाइली, मधुमाया ढकाल, सूर्यप्रसाद तिमिल्सिना, पूर्णबहादुर थापा र भूपाल थापा सिफारिस भएका छन् ।
क्षेत्रीय कमिटीबाट सिफारिस भई आएका उम्मेदवारमध्ये जिल्ला कमिटीले एक महिलासहित तीनको नामावली पार्टीको केन्द्रीय कमिटीलाई सिफारिस गर्ने पार्टी सचिव श्रीराम कार्कीले जानकारी दिए । उनका अनुसार जिल्ला कमिटीको बैठक भदौ १२ गते बस्दै छ ।
















पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया