आइतबार, माघ ११, २०८२

टुरिस्ट भिषामा खाडी मुलुक जान लागेका १९७ जना विमानस्थलबाट नियन्त्रणमा

मेरोन्यूज २०७९ भदौ ११ गते १८:१७

काठमाडौं । टुरिस्ट भिषामा खाडी मुलुकतर्फ जान विमानस्थल पुगेका १९७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनीहरुको आवश्यक कागजात संकास्पद देखिएको भन्दै पक्राउ गरिएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान क्षेत्रमा चेकजाँच गर्दा हवाई यात्रा अनुमतिका कागजातहरु शंकास्पद देखिएकाले १०३ जना महिला र ९४ पुरुष गरी १९७ जनालाई नियन्त्रणमा लिइएको हो ।

उनीहरुमाथि थप अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालय, मानव बेचविखन अनुसन्धान ब्यूरो, बबरमहलमा बुझाइएको छ ।

प्रतिक्रिया