जीतपुरमा मोटरसाइकल दुर्घटना : एकको मृत्यु, दुई जना घाइते

बारा । जीतपुरसिमरा उपमहानगरपालिका-७ जीतपुरमा शनिबार साँझ दुई मोटरसाएकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
जीतपुरस्थित रातोपुल नजिक सिमराबाट जाँदै गरेको बा७१प २९७ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको नम्बर नखुलेको अर्को मोटरसाइकल एकआपसमा ठोक्किँएका थिए ।
दुर्घटनामा परी एक बृद्ध मानिसको मृत्यु भएको छ । उनको पहिचान खुल्न सकेको छैन । दुर्घटनामा परी गम्भीर घाइते उनको सिमरास्थित अल्पाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनको शव वीरगन्ज पठाइएको छ ।
दुर्घटनामा पर्सा जिराभवानीपुर १ का २० वर्षीय मनिषलाल महतो थारु र पर्सागढी ८ का १५ वर्षीय संजीव राउत घाइते भएका छन् । उनीहरूको अवस्था सामान्य रहेको छ । उनीहरूको अल्पाइन अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनालगत्तै बृद्ध सवार मोटरसाइकलका चालक मोटरसाइकल लिएर फरार भएका छन् । दुर्घटनास्थलबाट जीतपुरस्थित सशस्त्र प्रहरीको टोलीले तीन जना घाइतेलाई उद्धार गरी अस्पताल ल्याएको थियो ।
















टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
मौसम बदलीट: कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?
हामी देश बनाउने अभियानमा छौँ: अध्यक्ष ओली
हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन
पाकिस्तानको उत्तरपश्चिममा हिमपहिरो, नौ जनाको मृत्यु
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण
अराजकता मच्चाउनेलाई कारबाहीको दायरामा ल्याएरै छोडिन्छ : ओली
प्रतिक्रिया