सवारी साधन किन्न प्रहरीले माग्यो तीन अर्ब, पायो ७५ करोड
सात सयभन्दा बढी सवारी साधन मागेको प्रहरीले १५० वटा मात्रै किन्न पाउने

काठमाडौँ । आगामी मंसिर ४ गते हुने संघ र प्रदेशसभा निर्वाचनका लागि नेपाल प्रहरीले १५० वटा सवारी साधन खरिद गर्न ७५ करोड रुपैयाँ बजेट पाएको छ । सात सयभन्दा बढी सवारी साधनको आवश्यक परेको भन्दै तीन अर्ब बजेट माग गरेकोमा ७५ करोड रुपैयाँ मात्रै प्राप्त गरेको हो ।
गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले नेपाल प्रहरीले सवारी साधन खरिद गर्न ७५ करोड रुपैयाँ प्राप्त गरेको यकिन गरे । उनले मेरोन्यूजसँग भने, ‘सवारी साधन खरिदका लागि ७५ करोड विनियोजन भएको भन्ने छ, थप विवरण आउन बाँकी छ ।’
‘सवारी साधन खरिदका लागि नेपाल प्रहरीलाई रकम विनियोजन गरेको कुरा हिजो नै निर्णय भएको हो, यद्यपि विस्तृत विवरण भने आइसकेको छैन,’ गृह मन्त्रालयका सूचना अधिकारी तथा सहप्रवक्ता वसन्त भट्टराईले भने ।
०७० सालमा किनेका सवारी साधन बिग्रेकाले त्यसलाई विस्थापन गर्नका लागि पनि नयाँ सवारी साधनको आवश्यकता परेको प्रहरीले बताउँदै आएको छ ।
देशमा आर्थिक अवस्था कमजोर भएको भन्दै वैशाखमा भएको स्थानीय तह निर्वाचनमा सरकारले प्रहरीलाई सवारी साधनका लागि बजेट उपलब्ध गराएको थिएन । स्थानीय तह निर्वाचनमा नेपाल प्रहरीले एक हजार दुई सय सवारी साधन भाडामा लिएर चलाएको थियो ।
आगामी चुनावका लागि प्रहरीले एक हजार ५२९ पीकअप भ्यान, ११० वटा ‘वान टन’ गाडी र बस किन्नका लागि बजेट माग गरेको थियो । तर, प्रहरीले माग गरेबमोजिम बजेत पाउन नसकेको हो ।

दया दुदराज
<span style="color: #343f4a; font-family: Mukta, sans-serif; font-size: 18.4px; text-align: justify;">मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।</span>
















सप्तरीमा आगलागीबाट १२ घरगोठ जलेर नष्ट
आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर
आज यी स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना
पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
प्रतिक्रिया