शनिबार, मंसिर १३, २०८२

१०२ रनको लक्ष्य पाएको नेपाल केन्यासँग पराजित

मेरोन्यूज २०७९ भदौ १३ गते १९:१२

काठमाडौँ । केन्याविरुद्धको चौथो टी–२० आईमा नेपाल पराजित भएको छ । १०२ रनको लक्ष्य पाएको नेपाल ७ रनले पराजित भएको हो ।

लो स्कोरिङ थ्रीलर म्याचमा रोहित पौडेलले ४७ रन बनाए पनि नेपालले केन्याले दिएको १०२ रनको लक्ष्य पूरा गर्न नसकेको हो ।

नेपालले ९ विकेट गुमाएर ९४ रन मात्र बनायो । अन्तिम ओभरमा नेपाललाई जितका लागि १२ रन चाहिएको थियो ।

रोहित पाँचौ बलमा आउट हुँदा नेपालले जम्मा ४ रन मात्र बनाउन सक्यो ।

प्रतिक्रिया