नेपालले केन्यालाई दियो १७६ रनको लक्ष्य, तीन वर्षपछि ज्ञानेन्द्रले बनाए अर्धशतक

काठमाडौँ । नेपाल केन्याविरुद्धको पाँचौँ तथा अन्तिम टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलमा १७६ रनको लक्ष्य दिएको छ । नेपालले टस जितेर पहिले ब्याटिङ गरेको हो ।
केन्याको नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा ब्याटिङ गर्ने क्रममा नेपालले ७ विकेट गुमाउँदै १७५ रन बनाएको हो । नेपालका लागि अर्जुन साउदले २९ तथा दीपेन्द्रसिंह ऐरीले २२ रनको योगदान दिए ।
यस्तै ज्ञानेन्द्र मल्ल ४३ बलमा सर्वाधिक ५९ रन बनाए । उनले दुई छक्का र पाँच चौका प्रहार गरे । यसैगरी, रोहित पौडेलले ४७ रन बनाए । उनी अर्धशतक बनाउनबाट चुके । उनले ७ चौका प्रहार गरे ।
खेलमा अदिल अलामले ४ रन बनाउँदा विवेक कुमार यादवले २ रन बनाएर आउट भए । करण केसी २ रन बनाउँदै नटआउट हुँदा सोमपाल कामीले शून्य रनमा नटआउट भए ।
पाँच वटा टी–२० श्रृङ्खलामा नेपाल र केन्याले २-२ खेल जितेका छन् । आजको खेलमा जित्नेले श्रृङ्खला जित्ने छ ।









बसिर अहमद बने एनपिएलमा अर्धशतक जोड्ने १३औँ खेलाडी
कृषि विकास बैंकलाई अन्तर्राष्ट्रिय सम्मान
प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता
खाडी मुलुक जाने श्रमिकका लागि हवाइ भाडादरमा छुट
कर्णालीविरुद्ध विराटनगरको रोमाञ्चक जीत
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
एनपीएलमा आज विराटनगर र चितवन खेल्दै
शेख हसिनालाई मृत्युदण्डको सजायविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने घोषणा
प्रतिक्रिया