मानव बेचविखन गर्ने अभियुक्तलाई मकाउबाट झिकाइयो
काठमाडौँ । इन्टरपोलबाट रेड नोटिस जारी भएको मानव बेचविखन तथा ओसारपसार मुद्दाका फरार अभियुक्त लमजुङ दोर्दी गाउँपालिका १ का ३८ वर्षीय नारायणप्रसाद अधिकारीलाई आज प्रहरीले पक्राउ गरेको छ ।
मानव बेचविखन तथा ओसारपसार मुद्दामा संलग्न रही फरार रहेका अधिकारीलाई प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरोको अनुरोधमा इन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी भई खोजी गर्ने क्रममा इन्टरपोल मकाउको समन्वयमा नेपाल ल्याइएको हो ।
आज नेपाल भिकाइएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीको इन्टरपोल शाखाको टोलीले नियन्त्रणमा लिई थप कारबाहीका लागि ब्युरोमा पठाएको छ ।
अधिकारीले सुरुमा मासिक एक लाख ५० हजार तलब हुने गरी क्यानेडाली कम्पनीमा रोजगारी मिलाइदिने बहानामा पीडितको २५–२५ सय डलर र पासपोर्टसमेत लिएका खुलेको छ ।
त्यसपछि उनले संयुक्त अरब इमिरेट्समा राखेकोमा त्यहाँबाट लिबिया हुँदै इटाली लाने भनी पुनः तीन लाख रुपैयाँमा आफ्नो श्रीमतीको बैंकको खातामा जम्मा गर्न लगाई पीडितलाई लिबियाको शरणार्थी क्याम्पमा पुर्याएका थिए ।
क्याम्पमै रहेको अवस्थामा लिबियास्थित नेपाली सेनाको शान्ति सेना मिसन, इजिप्टस्थित नेपाली राजदूतावास र आईओएमको समन्वयमा पीडितलाई नेपाल फिर्ता ल्याइएको थियो ।

















मुस्ताङमा तीन लाख २५ हजार बढी पर्यटक भित्रिए
पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
दाङमा रास्वपा कार्यकर्ताले जलाए एमालेको झण्डा
आईसीसी टी–२० विश्वकप: समूह चरणको अन्तिम खेलमा आज अस्ट्रेलिया र ओमान भिड्दै
प्यूठानी जनता यसपटक परिवर्तनको पक्षमा
नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ
विश्वकपमा सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडी बने सोमपाल
९५५ केजी गाँजासहित दुई जना पक्राउ
नबिल स्मार्ट नारी घर कर्जा : लचिलाे किस्ता सुविधाका कारण आकर्षण बढ्दै
प्रतिक्रिया