गोर्बाचेभको अन्त्येष्टि शनिबार गरिने

मस्को । सोभियत युनियनका अन्तिम नेता मिखाइल गोर्बाचेभको अन्तिम संस्कार शनिबार हुने रसियाली समाचार संस्थाहरुले जनाएका छन् । मंगलबार मस्कोमा उनको मृत्यु भएको थियो ।
गोर्वाचेभको अन्त्येष्टि मस्कोको हाउस अफ युनियनभित्र रहेको प्रख्यात हल अफ कोलुम हुने उनकी छोरीको भनाई उदृत गर्दै रुसी समाचार एजेन्सीहरूले जनाएका छन् ।
सन् १९५३ मा मृत्यु भएका जोसेफ स्टालिनको शव पनि सोही स्थानमा प्रदर्शनमा राखिएको थियो ।
गोर्बाचेभको शवलाई मस्कोको केन्द्रीय नोभोडेभिची कब्रिस्तानमा गाडिने गोर्बाचेभ फाउन्डेसनका प्रेस सचिव भ्लादिमिर पोल्याकोभलाई उद्धृत गर्दै तास समाचार समाचार संस्थाले जनाएको छ ।
१६औँ शताब्दीमा स्थापना भएको उक्त चिहानमा दर्जनौं उच्च पदस्थ राजनीतिज्ञ, कवि, राजपरिवार र बुद्धिजीवीहरूलाई गाडिएको छ । गोर्बाचेभका तत्कालीन राजनीतिक प्रतिस्प्रर्धी तथा रुसी प्रथम राष्ट्रपति बोरिस यल्सिनको शव गाडिएको छ ।










गैरमुस्लिम विदेशीका लागि साउदी अरबमा रहेकाे एकमात्रै मदिरा पसलमा ग्राहककाे भिड
बालुवाटारमा प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछाने भेटवार्ता जारी
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
निर्वाचनको तयारीबारे भोलि प्रधानमन्त्रीसहितको सर्वपक्षीय छलफल
गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया