दोस्रो दिन चोलेन्द्र जबराको बयान जारी
मेरोन्यूज
२०७९ भदौ १६ गते १२:०५

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको दोस्रो दिनको बयान जारी छ । सिंहदरवारमा महाअभियोग सिफारिस समिति बैठकमा उनको बयान सुरु भएको हो ।
बुधबारबाट सुरु गरिएको उनको बयान बिहीबार पनि जारी रहेको हो । समितिले तयार पारेको ४३ वटा प्रश्नमध्ये बुधबार २ वटा प्रश्न सोधिएको थियो ।
गत १ फागुनमा सत्तारुढ दलका सांसदहरुले जबराविरुद्ध महाअभियोगको प्रस्ताव प्रतिनिधिसभामा दर्ता गरेका थिए । प्रतिनिधिसभाले गठन गरेको महाअभियोग सिफारिस समितिले उनको बयान लिन थालेको हो ।
बुधबारको बयानमा उनले महाअभियोग प्रस्ताव नै निस्क्रिय भइसकेको र न्यायाधीश, बार पदाधिकारी र राजनीतिक दलका नेतामाथि गम्भीर आरोप लगाएका थिए ।
सम्बन्धित
















प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
राष्ट्रियताका मुद्दामा सरकारलाई पार्टीको पूरा सहयोग हुन्छ- सभापति थापा
कोहलपुरमा अतिक्रमित जग्गा खाली गर्न सुरु
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया