हिम इलेक्ट्रोनिक्सले बनायो अत्याधुनिक शोरुम

काठमाडौँ । नेपालमा सामसुङ इलेक्ट्रोनिक्स र होम अप्लायन्सेसको आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्सले दरबारमार्गमा रहेको आफ्नो अत्याधुनिक शोरुमलाई देशकै पहिलो जीएसआई ४.० बनाएको छ ।
यस अपग्रेडसँगै हिम इलेक्ट्रोनिक्सले काठमाडौँको खुसिबुमा नयाँ सामसुङ स्मार्ट प्लाजाको शाखाको उद्घाटन पनि गरेको छ । शोरुमको उद्घाटन सामसुङ इलेक्ट्रोनिक्सका कर्पोरेट प्रेसिडेन्ट र सीएफओ मिस्टर पार्क र गोल्छा ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक शेखर गोल्छाले संयुक्त रूपमा गरेका थिए ।
उक्त अवसरमा हिम इलेक्ट्रोनिक्सका निर्देशक सीमा गोल्छाले हिम इलेक्ट्रोनिक्सका अहिले उपत्यका बाहिर पाँच वटा सामसुङ स्मार्ट प्लाजा रहेको र हालसम्म उपत्यकाभित्र छ वटा आउटलेट सञ्चालनमा रहेको बताइन् । उनले उपभोक्ताको किनमेल प्रक्रिया सरल र सहज बनाउन अत्याधुनिक प्लाजाहरूको स्थापना गरिएको कुरामा पनि जोड दिइन् ।
सामसुङ स्मार्ट प्लाजाले सामसुङ होम अप्लायन्सेसदेखि सामसुङ मोबाइल फोनसम्मका सामाग्रीहरू बिक्री गर्दछ। हिम इलेक्ट्रोनिक्सले सामसुङ स्मार्ट प्लाजाहरू मार्फत उच्च र गुणस्तरीय सेवा देशभरका सम्पूर्ण ग्राहकहरूलाई प्रदान गर्दै आइरहेको छ ।
कम्पनीले विगत २२ वर्षदेखि बजारमा उत्कृष्ट सामाग्री उपलब्ध गराउनुका साथै विश्व स्तरमा प्रख्यात सामाग्रीहरू उचित मूल्यमा र ईएमआई सेवाहरूमार्फत पनि सजिलै उपलब्ध गराउँदै आयेको छ ।
















मुलुकबाट अन्योल र अनिश्चितताको अन्त्य भयो, सिङ्गो राष्ट्र निर्वाचनको महाकुम्भमा होमियाे :प्रधानमन्त्री कार्की
सिन्धुली-२ मा नेकपाभित्र किचलो : हरिबोल गजुरेलकाे प्रस्तावमा महेश्वर दाहालकाे बागी उम्मेदवारी
कैलाली १ मा डा. जनकराज शाहद्वारा उम्मेदवारी दर्ता
रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता
यी हुन् नेकपाका १६५ उम्मेदवार
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
प्रतिक्रिया