हिम इलेक्ट्रोनिक्सले बनायो अत्याधुनिक शोरुम

काठमाडौँ । नेपालमा सामसुङ इलेक्ट्रोनिक्स र होम अप्लायन्सेसको आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्सले दरबारमार्गमा रहेको आफ्नो अत्याधुनिक शोरुमलाई देशकै पहिलो जीएसआई ४.० बनाएको छ ।
यस अपग्रेडसँगै हिम इलेक्ट्रोनिक्सले काठमाडौँको खुसिबुमा नयाँ सामसुङ स्मार्ट प्लाजाको शाखाको उद्घाटन पनि गरेको छ । शोरुमको उद्घाटन सामसुङ इलेक्ट्रोनिक्सका कर्पोरेट प्रेसिडेन्ट र सीएफओ मिस्टर पार्क र गोल्छा ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक शेखर गोल्छाले संयुक्त रूपमा गरेका थिए ।
उक्त अवसरमा हिम इलेक्ट्रोनिक्सका निर्देशक सीमा गोल्छाले हिम इलेक्ट्रोनिक्सका अहिले उपत्यका बाहिर पाँच वटा सामसुङ स्मार्ट प्लाजा रहेको र हालसम्म उपत्यकाभित्र छ वटा आउटलेट सञ्चालनमा रहेको बताइन् । उनले उपभोक्ताको किनमेल प्रक्रिया सरल र सहज बनाउन अत्याधुनिक प्लाजाहरूको स्थापना गरिएको कुरामा पनि जोड दिइन् ।
सामसुङ स्मार्ट प्लाजाले सामसुङ होम अप्लायन्सेसदेखि सामसुङ मोबाइल फोनसम्मका सामाग्रीहरू बिक्री गर्दछ। हिम इलेक्ट्रोनिक्सले सामसुङ स्मार्ट प्लाजाहरू मार्फत उच्च र गुणस्तरीय सेवा देशभरका सम्पूर्ण ग्राहकहरूलाई प्रदान गर्दै आइरहेको छ ।
कम्पनीले विगत २२ वर्षदेखि बजारमा उत्कृष्ट सामाग्री उपलब्ध गराउनुका साथै विश्व स्तरमा प्रख्यात सामाग्रीहरू उचित मूल्यमा र ईएमआई सेवाहरूमार्फत पनि सजिलै उपलब्ध गराउँदै आयेको छ ।















More than 6,700 tourists from third countries enter Nepal via Kakadbhitta
कालीमाटीमा मटरकोसा भाउ किलोको ५०,गोलभेँडाकाे ४५, अरु तरकारीको कति?
बाजुराको उच्च भेगमा वर्षातसंगै हिमपात हुँदा किसान खुसी
शर्माको नेतृत्वमा एनआरएनकाे नयाँ कार्यसमिति आज घोषणा हुँदै
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा ल्याउन माग
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट, आज कतिमा काराेबार हुँदैछ ?
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
प्रतिक्रिया