बलात्कार गरी फरार प्रतिवादी १६ वर्षपछि पक्राउ
मेरोन्यूज
२०७९ भदौ १७ गते १७:२०

भक्तपुर । बलात्कार मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर नगरपालिका ११ क्वाछे बस्ने ४० वर्षीय दीपक तुल्सीब्याखो छन् । उनलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।
बलात्कार मुद्दामा सर्वोच्च अदालतले २०६३ माघ ८ गते उनलाई ८ वर्ष कैद र आधा भाग अंश सर्वस्व गरी पीडितलाई भराई दिने फैसला सुनाएको थियो । त्यसपछि उनी फरार रहेका थिए ।
फरार रहेका उनलाई जिल्ला प्रहरी परिसर भक्तपुर र जिल्ला प्रहरी कार्यालय कास्कीको सहयोगमा पोखराबाट पक्राउ गरिएको हो । उनले ६ वर्षीया बालिकालाई २०५४ मंसिर ८ गते जबरजस्ती करणी गरेको कसूरमा सर्वोच्च अदालतले उक्त फैसला गरेको थियो ।
उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत भक्तपुरमा पेश गरिएको छ ।
सम्बन्धित
















ओलीसहितको सार्वजनिक बहसमा सहभागीता हुन बालेनले गरे अस्वीकार
Fire at Mahashakti Soap Factory in Hetauda: Property amounts Rs100–120 million damaged
राष्ट्रियसभा सदस्य निर्वाचन : सातै प्रदेशमा मतदान सुरु
मुस्ताङमा निर्वाचन प्रहरी अपुग भएपछि तेस्रोपटक थप दुई दिन म्याद
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
सभापति बनेको ८ दिनपछि पार्टी कार्यालय प्रवेश गर्दै गगन थापा, प्रधानमन्त्रीको उम्मेदवार बनाइने
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया