बाढीले पाकिस्तानमा आठ लाख पशुको मृत्यु
काठमाडौँ । पाकिस्तानमा विगत केही हप्तादेखि भएको मूसलधारे वर्षाले शताब्दी लामो रेकर्ड तोडेको छ । साथै, केही प्रान्तमा विगत ३० वर्षको औसतभन्दा पाँच गुणा बढी पानी परेको बताइएको छ ।
जसबाट १२ सयभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । त्यस्तै, बाढीले ११ लाखभन्दा बढी घरहरू क्षति पुर्याएको छ । थुप्रै पूर्वाधारहरू नष्ट भएका छन् । विद्यालय र अस्पतालहरू भत्किएका छन् । कम्तीमा १८ हजार विद्यालयमा क्षति पुगेको छ ।
‘हामीले अनुमान गरेका छौँ कि एक करोड ६० लाख बालबालिका त्यसबाट प्रभावित छन्, र तीमध्ये ३४ लाख बालबालिकालाई मानवीय सहयोगको खाँचो छ,’ युनिसेफका पाकिस्तानी प्रतिनिधि अब्दुल्लाह फादिलले जेनेभाको प्यालेस डेस नेशनमा आजको पत्रकार सम्मेलनमा भने ।
हाल पानीजन्य घातक रोगहरू छिटो फैलिने उच्च जोखिम छ । झाडापखाला, हैजा, डेंगु, मलेरिया सङ्क्रमणको उच्च जोखिम छ । शौचालयको अभावमा बाढी पीडितहरू खुला रूपमा दिसा पिसाब गर्न बाध्य छन् ।
राहत र उद्धार कार्यअगाडि बढाउन निकै कठिन भएको छ । करिब १६० पुलहरू र पाँच हजार किलोमिटर सडकखण्ड क्षतिग्रस्त भएका छन् । ३५ लाख एकड बाली प्रभावित भएको छ । यस्तै, करिब आठ लाख पशु मरेका छन् ।
















चौतर्फी बिरोधपछि अध्यादेशबारे सरकारको प्रष्टिकरण
पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भागमा बदली
तीन सय वर्ष पुरानो हनुमान नाच, २१ महिनापछि समापन गरियो
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
पार्टी संसदीय दलले राष्ट्रिय आवश्यकताअनुसार सबैलाई मिलाएर लैजान्छ : सभापति थापा
प्रतिक्रिया