यो पटक निर्वाचन जित्छौँ, हाम्रै नेतृत्वमा सरकार बन्छ : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संघ र प्रदेशसभा निर्वाचनपछि आफ्नै पार्टी नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् ।
सत्ता गठबन्धन मिलेर चुनावमा जाने र आफ्नै पार्टी नेतृत्वमा आगामी निर्वाचनपछि सरकार बन्ने महामन्त्री थापाको भनाइ थियो । ‘योपटक निर्वाचन पनि जित्छौँ हामी, हाम्रै नेतृत्वमा सरकार पनि बन्छ, त्यसमा पनि कुनै अलमल भएन,’ उनले भने ।
‘प्रशासन व्यवस्थापन र विकास केन्द्र’ले शनिबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले केही दिनभित्र गठबन्धन दलहरूबीच सिट बाँडफाँटको विषयमा टुंगो लाग्ने विश्वास व्यक्त गरे ।
महामन्त्री थापाले गठबन्धन दलहरूबीच सिट बाँडफाँट टुंगिनेबित्तिकै उम्मेदवार तय गरेर निर्वाचनको अभियानमा जुट्ने बताए । ‘हामी अहिले उम्मेदवार तयार पारेर केही दिनपछि निर्वाचनको तयारीमा जुट्दै छौँ, अहिले त अब गठबन्धन भन्ने भएकाले गर्दा को, कहाँबाट लड्ने ? त्यसको तालमेल मिलाउँदै छौँ, केही दिनपछि हाम्रो ध्यान उम्मेदवारी चयनमा हुन्छ,’ उनले भने, ‘त्यसपछि चुनावी अभियान सुरु हुन्छ ।’
महामन्त्री थापाले आफ्नो पार्टीबाट निर्वाचित स्थानीय तहलाई सशक्त बनाउनका लागि पार्टीले केही दिनभित्रै ‘स्थानीय सरकार सवलीकरण तथा अनुगमन इकाई’ गठन गर्ने बताए । उनले स्थानीय सरकारलाई जनताको पक्षमा काम गराउन पनि पार्टीभित्र सो इकाईको आवश्यक्त रहेको स्पष्ट पारेका थिए ।
‘स्थानीय सरकारकै सन्दर्भमा पनि हामीले कोसिस गर्दै छौँ, पार्टीमा एउटा डेडिकेटेट र परमानेन्ट इकाई बनाउने भनेर, जसलाई हामी स्थानीय सरकार सवलीकरण तथा अनुगमन इकाई भनेर पार्टीभित्र राख्न खोज्दै छौँ,’ उनले भने ।
महामन्त्री थापाले सरकार बनाउनुभन्दा पनि जनताको पक्षमा काम गर्नु ठूलो कुरा भएको उल्लेख गर्दै त्यसका लागि आवश्यक तयारी गरेर अघि बढ्ने काम गरिरहेको बताए ।

















हार्ने भएपछि रास्वपा चुनाव भाँड्न थाल्यो : एमाले
हिटलरको घर अब प्रहरी चौकी
धरान टेनके रनको उपाधि रावत र श्रेष्ठलाई
लागु–औषध विरुद्धको अमेरिकी आक्रमणमा तीन जनाको मृत्यु
रूसले कब्जा गरेको युक्रेनी भूभागका बिषयले राेक्याे सम्झौता
फागुन ७ गते बिहीबारकाे राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
विश्व क्रिकेटको टी-२० वरियतामा दीपेन्द्रको छलाङ: चौथो स्थानमा उक्लिए
सहारा क्लब ‘आहा रारा पोखरा गोल्डकप’को फाइनलमा
निर्वाचन तयारीबारे बुझ्न गृहमन्त्री अर्याल सुन्दरीजल क्षेत्रमा
प्रतिक्रिया