अमेरिकी नौसेनाको जहाज इरानद्वारा कब्जा गर्ने प्रयास
काठमाडौँ । इरानी युद्धपोतले अमेरिकी नौसेनाको जहाजहरू कब्जा गर्ने प्रयास गरेको अमेरिकी नौसेनाले जनाएको छ । यो पछिल्लो प्रयास एक हप्ताको अवधिमा भएको दोस्रो घटना भएको ५ औँ फ्लिटका प्रवक्ता टिम हकिन्सले शुक्रबार स्पुतनिकलाई बताएका छन् ।
शुक्रबार अमेरिकी केन्द्रीय कमाण्ड नौसेना बलले सो घटनाको विवरणबारे विज्ञप्ति जारी गर्दै यस किसिमको प्रयास आफूहरू सचेत रहेको जनाएको छ ।
अमेरिकी नौसेनाले एक इरानी युद्धपोतलाई सेप्टेम्बर १ मा अरबी खाडीमा रोकेको थियो । त्यसको बदलामा दुई दिनपछि लाल सागरमा अमेरिकी ५ औं फ्लिटद्वारा सञ्चालित दुई वटा मानवरहित सतही जहाज कब्जा गरेको अमेरिकी केन्द्रीय कमाण्ड नौसेना बलले जनाएको छ ।
‘इस्लामिक गणतन्त्र इरानको नौसेनाको जहाजले अर्को दिन अमेरिकी नौसेनालाई जहाजहरू फिर्ता गर्नुअघि अन्तर्राष्ट्रिय जल क्षेत्रमा सञ्चालित दुई अमेरिकी सेलड्रोन एक्सप्लोरर जहाज कब्जामा लिएको छ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।
ती जहाज निशस्त्र थिए । जसले वरपरको वातावरणको तस्बिरहरू खिचिरहेका थिए । त्यसमा कुनै जोखिम नरहेको र बिना कुनै घटना लगातार २०० दिनसम्म लाल सागरमा सञ्चालन भएको विज्ञप्तिमा उल्लेख छ ।
अमेरिकी नौसेनाले मंगलबार इरानको रिभोलुसनरी गार्ड कोर्प्स नेवी जहाजलाई पर्शियन खाडीम कब्जा गर्नबाट रोकेको पनि जनाएको छ ।
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
प्रतिक्रिया