सोमबार, पुष ७, २०८२

अमेरिकी नौसेनाको जहाज इरानद्वारा कब्जा गर्ने प्रयास

मेरोन्यूज २०७९ भदौ १८ गते १८:५२

काठमाडौँ । इरानी युद्धपोतले अमेरिकी नौसेनाको जहाजहरू कब्जा गर्ने प्रयास गरेको अमेरिकी नौसेनाले जनाएको छ । यो पछिल्लो प्रयास एक हप्ताको अवधिमा भएको दोस्रो घटना भएको ५ औँ फ्लिटका प्रवक्ता टिम हकिन्सले शुक्रबार स्पुतनिकलाई बताएका छन् ।

शुक्रबार अमेरिकी केन्द्रीय कमाण्ड नौसेना बलले सो घटनाको विवरणबारे विज्ञप्ति जारी गर्दै यस किसिमको प्रयास आफूहरू सचेत रहेको जनाएको छ ।

अमेरिकी नौसेनाले एक इरानी युद्धपोतलाई सेप्टेम्बर १ मा अरबी खाडीमा रोकेको थियो । त्यसको बदलामा दुई दिनपछि लाल सागरमा अमेरिकी ५ औं फ्लिटद्वारा सञ्चालित दुई वटा मानवरहित सतही जहाज कब्जा गरेको अमेरिकी केन्द्रीय कमाण्ड नौसेना बलले जनाएको छ ।

‘इस्लामिक गणतन्त्र इरानको नौसेनाको जहाजले अर्को दिन अमेरिकी नौसेनालाई जहाजहरू फिर्ता गर्नुअघि अन्तर्राष्ट्रिय जल क्षेत्रमा सञ्चालित दुई अमेरिकी सेलड्रोन एक्सप्लोरर जहाज कब्जामा लिएको छ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

ती जहाज निशस्त्र थिए । जसले वरपरको वातावरणको तस्बिरहरू खिचिरहेका थिए । त्यसमा कुनै जोखिम नरहेको र बिना कुनै घटना लगातार २०० दिनसम्म लाल सागरमा सञ्चालन भएको विज्ञप्तिमा उल्लेख छ ।

अमेरिकी नौसेनाले मंगलबार इरानको रिभोलुसनरी गार्ड कोर्प्स नेवी जहाजलाई पर्शियन खाडीम कब्जा गर्नबाट रोकेको पनि जनाएको छ ।

प्रतिक्रिया