अगष्टमा अमेरिकाको बेरोजगारी दर बढ्यो
मेरोन्यूज
२०७९ भदौ १८ गते २१:२५
काठमाडौँ । अमेरिकामा अगष्टमा रोजगारी वृद्धिको गति सुस्त भएको शुक्रबार सार्वजनिक भएको प्रतिवेदनमा जनाइएको छ । अघिल्लो महिनामा रोजगारी दरमा आश्चर्यजनक वृद्धिपछि बेरोजगारी दरमा महामारी पूर्वको स्तरभन्दा माथि पुगेको थियो ।
गत महिना अमेरिकी रोजगारदाता कम्पनी तथा फर्महरूले तीन लाख १५ हजार व्यक्तिलाई रोजगारीका अवसर उपलब्ध गराएको अमेरिकी श्रम मन्त्रालयले जनाएको छ ।
गत जुलाईमा यो सङ्ख्या पाँच लाख २६ हजार पुगेको थियो । जुलाईमा भएको रोजगार दरको वृद्धिसँगै अगष्टमा यो संख्या घट्ने अर्थशास्त्रीहरूले प्रक्षेपण गरेका थिए ।
बेरोजगारको संख्या महामारी पूर्वको अवस्थामा पुगेपछि रोजगारीका अवसरको खोजी नै कम हुनुलाई मन्त्रालयले स्वभाविक भनेको छ । तर अघिल्लो महिना तीन दशमलव पाँच प्रतिशतमा झरेको बेरोजगारी दर अगष्टमा बढेर तीन दशमलव सात प्रतिशतमा पुगेको थियो ।
सम्बन्धित










निर्धारित मितिमै निर्वाचन हुन्छ : मन्त्री घिसिङ
भ्याली पब्लिक यु–१९ बास्केटबल लिग च्याम्पियन
झापा भिरबाट लडेर एक जनाको मृत्यु
देउवा-ओलीबीच भेट
काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
प्रतिक्रिया