वरिष्ठ नेता पौडेलद्वारा निर्माणाधीन सभागृहको अनुगमन
काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका ३ बिपी वनवाटिकामा निर्माणाधीन रहेको सभागृहको आज अनुगमन गरेका छन् ।
वरिष्ठ नेता पौडेलले निर्माणाधीन सभागृह, सभागृह प्राङ्गणमा निर्माण गर्न लागिएको विभिन्न संरचनाको अनुगमन गरेका हुन् ।
अनुगमनका क्रममा वरिष्ठ नेता पौडेलले सभागृहको काम ढिला भएकाले छिटो काम सक्नेतर्फ ध्यान दिन आग्रह गरे । सो क्रममा वरिष्ठ नेता पौडेलले सभागृह प्राङ्गण बाहिर निर्माण हुन लागेको सुरक्षा गार्ड भवन, उद्यानलगायत विषयमा चासो राखे ।
पुरानो जिल्ला प्रशासन कार्यालय तनहुँको भवन भत्काएर सोही ठाउँमा सुरक्षा गार्ड बस्ने भवन निर्माण सुरु भएको छ । सभागृहको सुरक्षाका लागि सुरक्षा गार्डका लागि भवन निर्माण थालिएको जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले जानकारी दिए ।
विं.सं २०७४ माघ २८ गतेदेखि निर्माण सुरु भएको भवन कोरोना कहरका कारण ढिलाइ भएको थियो । विसं २०७७ असार १५ गतेभित्र सम्पन्न गर्नुपर्ने उक्त भवन कोरोनाको चपेटामा परेको थियो । भ्याटबाहेक २३ करोड ६२ लाख ४३ हजार तीन सय ३१ को लागतमा भवन निर्माण भएको थियो ।
सात सय ५० क्षमता भएको सभाहलको बेस ग्राउण्डमा २० कार तथा ७० मोटरसाइकल पार्किङ गर्न सकिने छ । उक्त भवनमा मुख्य सभाहलबाहेक एक सय ५० क्षमताको सेमिनार हल निर्माण हुनेछ ।
सभाहल बाहिर फाउण्टेन सहितको भिआइपी पार्किङस्थल रहनेछ । सभाहल ५३ मिटर लम्बाइ, १५ उचाइ र २५.५ चौडाइको हुनेछ ।

















निर्वाचन बिथोल्ने गतिविधि नगर्न वाइसिएलको आग्रह
अहिलेको चुनावले कुनै निकास नआउने भन्दै निर्वाचन पछि सार्न राजेन्द्र लिङदेनको प्रस्ताव
पोखरा गोल्डकपको उपाधि सहारालाई
आगामी निर्वाचनमार्फत देश र लोकतन्त्रले जित्नुपर्छ : पूर्वप्रमुख निर्वाचन आयुक्त
फागुन ७ गते बिहीबारकाे राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
टुँडिखेलमा प्रजातन्त्र दिवस (फोटो फिचर)
सुर्खेत पुगेर बालेनले भने – कर्णालीको गहिराइ कसैले बुझेन
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
एमालेका नेता पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश
प्रतिक्रिया