भारतीय सेना प्रमुख आज काठमाडौं आउँदै

काठमाडौं । भारतीय सेनाका प्रमुख जनरल मनोज पाण्डे आज नेपाल भ्रमणमा आउँदैछन् । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा पाण्डे पाँच दिने भ्रमणका लागि आज अपराह्न काठमाडौं आउन लागेका हुन् । नेपाल र भारतबीच सन् १९५१ देखि एकअर्का देशको सेनाप्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने प्रचलन छ ।
नेपाल बसाइको क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानसेनापति शर्मा लगायतलाई भेटवार्ता गर्ने कार्यक्रम छ । यसैगरी, उनले प्रधानसेनापति शर्मासँग भेटघाट एवं छलफल, भारतीय सेनाको तर्फबाट नेपाली सेनालाई सहयोग स्वरुप प्रदान हुने विविध सामग्रीको हस्तान्तरण कार्यक्रमलगायत कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरुसँग अन्तरक्रिया र मध्य कमाण्ड हेडक्वाटरको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।उनको भ्रमणलाई लक्षित गरी काठमाडौंमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

















निर्वाचन बिथोल्ने गतिविधि नगर्न वाइसिएलको आग्रह
अहिलेको चुनावले कुनै निकास नआउने भन्दै निर्वाचन पछि सार्न राजेन्द्र लिङदेनको प्रस्ताव
पोखरा गोल्डकपको उपाधि सहारालाई
आगामी निर्वाचनमार्फत देश र लोकतन्त्रले जित्नुपर्छ : पूर्वप्रमुख निर्वाचन आयुक्त
फागुन ७ गते बिहीबारकाे राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
टुँडिखेलमा प्रजातन्त्र दिवस (फोटो फिचर)
सुर्खेत पुगेर बालेनले भने – कर्णालीको गहिराइ कसैले बुझेन
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
एमालेका नेता पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश
प्रतिक्रिया