आइतबार, फागुन १०, २०८२

घोषणापत्रमा समावेश गर्नुपर्ने विषयबारे सर्वसाधारणसँग एमालेको सुझाव माग

मेरोन्यूज २०७९ भदौ १९ गते १३:३३


काठमाडौं। नेकपा एमालेले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन घोषणापत्रमा समावेश गर्न आवश्यक विषय बारे सुझाव दिन सर्वसाधारणलाई आह्वान गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठित घोषणा पत्र मस्यौदा कमिटीले घोषणापत्रमा समावेश गरिने विषयवस्तुका सन्दर्भमा समग्र पार्टी पङ्तीलाई १५ भदौसम्ममा सुझाव दिन आह्वान गरेको थियो । पार्टीका सबै निकाय तथा कमिटीहरू, विभागहरू, पार्टीसम्बद्ध जनसंगठन र पार्टीका नेताकार्यकर्तालाई दिइएको समय सकिएको छ । अधिकांश विभाग र जनसंगठनहरूले आ–आफ्नो सुझाव समेत दिइसकेको पनि जनाइएको छ ।

एमालेले पार्टी कमिटी बाहिर रहेका एमालेका मित्र तथा शुभेच्छुकहरू र आम जनसाधारणहरूसँग पनि सुझाव आह्वान गरेको हो । एमालेप्रति सद्भाव राख्ने जो कोहीले पनि एमालेले गर्नुपर्ने कामको सुझाव दिन चाहे २५ भदौ २५ भित्र पार्टी केन्द्रीय कार्यालयमा उपलब्ध गराई दिन आह्वान गरिएको छ ।

सुझावको लागि पार्टीको केन्द्रीय कार्यालयका सचिव डा। भीष्म अधिकारीलाई सम्पर्क व्यक्ति तोकिएको छ भने इमेलमार्फत पनि सुझाव पठाउन सकिने छ ।

प्रतिक्रिया