शनिबार, फागुन ९, २०८२

सरकारी जग्गा खाली गर्न टोखा नगरपालिकाको निर्देशन

मेरोन्यूज २०७९ भदौ १९ गते १६:००

काठमाडौँ । काठमाडौँको टोखा नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा खाली गराउन नगरबासीलाई आग्रह गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

टोखाको नगर कार्य पालिकाको बैठकले टोखा नगरपालिकाभित्रका सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरी बनाइएका संरचना खाली गर्न लगाउने निर्णय गरेको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शङ्करराज पाठकका अनुसार बैठकले आफ्नो वडाभित्रका सार्वजनिक तथा सरकारी जग्गा खाल गराउने निर्णय गरेकाले सबै वडाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरी संरचना निर्माण गरिएका स्थानमा ३५ दिने सार्वजनिक सूचना प्रकाशन गर्न नगरपालिकाले निर्देशन दिएको छ ।

काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखामा ११ वडा छन् । यसअघि काठमाडौँ महानगरले सार्वजनिक तथा सरकारी जग्गामा बनाएको संरचना भत्काउन थालेपछि टोखाले पनि सूचना जारी गरेको हो ।

प्रतिक्रिया