सात दिनभित्र कर तिर्न क्यासिनोलाई काठमाडौँ महानगरको निर्देशन
मेरोन्यूज
२०७९ भदौ १९ गते १६:४७

काठमाडौँ । काठमाडौँ महानगरले सात वटा क्यासिनोलाई कर तिर्न पत्र पठाएको छ । महानगरले एक साताभित्र मनोरञ्जन कर तिर्न ती क्यासिनोलाई पत्र पठाएको हो ।
आइतबार पत्र पठाउँदै महानगरले होटल म्यारियटको डेल्टिन, होटल अन्नपूर्णका क्यासिनो प्यालेस, हाटल र्याडिसनको क्यासिनो र्याड, होटल हायातको प्राइड इन्टरनेश्नल एण्ड रिक्रिएशन, हाटल सोल्टीको माजोङ्ग र मल्ल होटलको बेली क्यासिनोलाई कर तिर्न भनेको हो ।
प्रदेश आर्थिक ऐनले तोकेको दर रेट र सोको जरिवानसहित ७ दिनभित्र कर नतिरे महानगरको राजश्व ऐनअनुसार कारबाही गर्ने चेतावनी दिएको छ ।
सबै कम्यासिनोले प्रतिव्यक्ति प्रवेशबापत नै ५० रुपैयाँ कर महानगरलाई दिनु पर्ने हुन्छ । बागमती प्रदेशको आर्थिक ऐनअनुसार उठेको राजस्वको ६० प्रतिशत महानगरले पाउने व्यवस्था रहेको छ ।

सम्बन्धित

















निर्वाचन बिथोल्ने गतिविधि नगर्न वाइसिएलको आग्रह
अहिलेको चुनावले कुनै निकास नआउने भन्दै निर्वाचन पछि सार्न राजेन्द्र लिङदेनको प्रस्ताव
पोखरा गोल्डकपको उपाधि सहारालाई
आगामी निर्वाचनमार्फत देश र लोकतन्त्रले जित्नुपर्छ : पूर्वप्रमुख निर्वाचन आयुक्त
फागुन ७ गते बिहीबारकाे राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सुर्खेत पुगेर बालेनले भने – कर्णालीको गहिराइ कसैले बुझेन
टुँडिखेलमा प्रजातन्त्र दिवस (फोटो फिचर)
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
एमालेका नेता पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश
प्रतिक्रिया