लचिलो र गुणस्तरमा मंगलमको एचडीपीई पाइप

काठमाडौँ । पछिल्लो समय उपलब्ध भएकामध्ये उपयोग र कामको प्रकारका आधारमा बजारमा विभिन्न खालका पाइपहरू उपलब्ध छन् । तीमध्ये एचडीपीई पाइप पनि एक हो ।
एचडीपीई (हाई डेन्सिटी पोलिइथाईलीन पाइप) प्लास्टिक पोलिमरबाट बनाइने एक प्रकारको लचिलो एवम बलियो प्लास्टिक पाइप हो । यसै कारणले यो पाइप भूमिगत प्रयोजनमा, त्यसमा पनि सिँचाइ प्रणालीको लागि बढी प्रयोग गरिन्छ ।
अन्य प्लास्टिकको पाइपको तुलनामा बाहिरी तापक्रमले (८० डिग्री सेन्टिग्रेड सम्म) असर नगर्ने भएकाले अप्टिकल फाइबर बिछयाउन पनि यसको प्रयोग गर्न सकिन्छ । यसको साथै उच्च चाप सहन सक्ने भएकाले यी पाइपहरु ढल निकासको लागि पनि प्रयोग गरिन्छन् ।
उच्च गुणस्तरीय कच्चा पदार्थ र अत्याधुनिक प्रविधिको प्रयोग गरेर बनाइने हुनाले यो पाइप लामो समयसम्म टिक्छ । विभिन्न पोलीईथाईलिन फिटिंग सिस्टममा उपलब्ध यी पाइपहरुको जडान प्रकृया अत्यन्तै सजिलोे हुनुको साथै चुहावटको समस्या पनि हुँदैन ।
अन्तराष्ट्रिय स्तरको प्लान्ट, जर्मन टेक्नोलोजी र जापानी कच्चा पदार्थ प्रयोग गरी उत्पादन हुने यो पाइपसँगै मंगलम पाइप्सले अरु थुप्रै प्रयोजनको लागि हुने गरी ८ ओटा फरक फरक पाइप उत्पादन गर्दै आएको छ ।
अरु पाइपको तुलनामा गुणस्तरीय, टिकाउ, वातावरण मैत्री र सुपथ मुल्यमा पाउने हुँदा बजारमा यसको आफ्नो छुट्टै स्थान रहेको छ । मंगलमको एचडीपीई पाइपहरू आईएसओ ९००१ः२०१५ साथै नेपाल गुणस्तर (एनएस) प्रमाणित छन् ।















जुम्लामा ३३०. २८ हेक्टरमा डढेलोबाट वन क्षति
निर्देशक तुलसी घिमिरेले तयार पारेकाे ‘पहाड’ मा नेपाली समाजको कथा
More than 6,700 tourists from third countries enter Nepal via Kakadbhitta
कालीमाटीमा मटरकोसा भाउ किलोको ५०,गोलभेँडाकाे ४५, अरु तरकारीको कति?
बाजुराको उच्च भेगमा वर्षातसंगै हिमपात हुँदा किसान खुसी
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट, आज कतिमा काराेबार हुँदैछ ?
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
प्रतिक्रिया