नेपालद्वारा सद्गुरुको माटो जोगाऔं अभियानमा ऐकबद्धता: सरकारले ३० हजार रुख रोप्ने

ललितपुर । नेपाल सरकारले योगी, दूरदर्शी एवम् ईशा फाउण्डेशनका संस्थापक सद्गुरुले पाँच महिनाअघि सुरु गरेको माटो जोगाऔं अभियानमा ऐकबद्धता जनाएको छ ।
ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा आयोजित एक कार्यक्रममा सो ऐकबद्धता जनाइएको हो । सरकारका तर्फबाट कृषि तथा पशुपंक्षी विकास मन्त्रालय एवम् वन तथा वातावरण मन्त्रालयले एकबद्धता जनाएका हुन् ।
नेपाल सरकारका तर्फबाट वन तथा वातावरण मन्त्री प्रदीप यादवले नेपालका खोला नाला वरपर ३० हजार रुख रोप्ने घोषणा गरे । मन्त्री यादवले सद्गुरुले एक सय दिन लगाएर ३० हजार किलोमिटर लामो एकल मोटरसाइकल यात्रा गरेकाले ३० हजार रुख रोपिने बताए ।
कार्यक्रममा सद्गुरुले वन तथा वातावरण मन्त्री प्रदीप यादव र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्मालाई माटो बचाउ नीति पुस्तिका हस्तान्तरण गरे । पुस्तिकाले व्यावहारिक एवम् वैज्ञानिक समाधान प्रदान गर्नुको साथै सरकारले माटोको प्रकार, अक्षांश स्थानहरू र दिइएको राष्ट्रको कृषि परम्परा अनुसार लिनसक्ने कदमको बारेमा जानकारी प्रदान गर्दछ ।
कार्यक्रममा सम्बोधन गर्दै सद्गुरुले हामी जानेर वा नजानी यस विनाशको एक हिस्सा भएको र अबको बाटो भनेको सबैले समाधानको एक हिस्सा बन्नु पर्नेमा जोड दिए । माटोको विनासलाई सम्बोधन गर्न एकजुट हुन पनि सद्गुरुले सबैलाई आह्वान गरे ।
लोकतान्त्रिक राष्ट्रहरूले जनताको जनादेश पूरा गर्ने गरेको उल्लेख गर्दै सद्गुरुले श्रोताहरूलाई माटो बचाउने दीर्घकालीन समाधानका बारेमा बोल्न आग्रह गरे । “कुनै पनि परिपक्व राष्ट्रका नागरिकहरू उठेर आफ्नो देशको दिर्घकालिन हित माग्ने बेला आएको छ । यदि सरकारहरूले राष्ट्रको दिर्घकालिन हितमा लगानी गर्ने हो भने तपाईंको आवाज उठ्नु अति आवश्यक छ । तपाईंको जिम्मेवारी भोट मात्र होइन, तपाईंको जिम्मेवारी तपाईंको आवाज हो,” सद्गुरुले भने ।
सेभ सोइल अर्थात् माटो जोगाऔं अभियान बेलायतबाट सन् २०२२, २१ मार्चमा सुरु गरिएको हो । यो अभियान अन्तर्गत सद्गुरुले एक सय दिन लगाएर ३० हजार किलोमिटर लामो एकल मोटरसाइकल यात्रा गरेका छन् ।
सो अवसरमा सद्गुरुले माटो विनाशबारे विश्वभरि जनचेतना जगाउने र माटो जोगाउन विश्वको ध्यानाकर्षण गराए । इसा फाउन्डेसनका अनुसार यो अभियानले विश्वभरीका झण्डै चार अर्ब मानिसको समर्थन पाएको छ भने ८० राष्ट्रहरूले माटो जोगाउ उचित कदम चाल्ने प्रतिबद्धता जनाएका छन् ।
विश्व स्तरमा राजनीतिक, व्यावसायिक, सामाजिक, पर्यावरणीय क्षेत्रका व्यक्तित्व, तथा प्रसिद्ध कलाकारहरु, खेलकुदकर्मीहरु, तथा नागरिकहरुको समर्थन र प्रोत्साहन रहेको यस महाअभियानलाई नेपालमा समेत भव्य साथ र समर्थनहरू प्राप्त भइरहेको छ ।
अभियानअन्तर्गत नेपालका करिब एक सय शैक्षिक संस्थाहरुमा माटो जोगाउनुपर्ने जनचेतनामुलक कार्यक्रम गरियो । बसन्तपुर दरबार क्षेत्रमा नृत्य तथा साङ्गीतिक प्रस्तुति, विश्व वातावरण दिवसको अवसरमा “माटो जोगाऔं भन्ने साइकल र्यालि” तथा “माटो र म” संवाद कार्यक्रम सम्पन्न भए ।
माटो जोगाऔँ अभियानले हाम्रो माटो र धरती जोगाउनको लागि जागरूक दृष्टिकोणसहित काम गर्न प्रोत्साहन गर्दछ ।















जुम्लामा ३३०. २८ हेक्टरमा डढेलोबाट वन क्षति
निर्देशक तुलसी घिमिरेले तयार पारेकाे ‘पहाड’ मा नेपाली समाजको कथा
More than 6,700 tourists from third countries enter Nepal via Kakadbhitta
कालीमाटीमा मटरकोसा भाउ किलोको ५०,गोलभेँडाकाे ४५, अरु तरकारीको कति?
बाजुराको उच्च भेगमा वर्षातसंगै हिमपात हुँदा किसान खुसी
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट, आज कतिमा काराेबार हुँदैछ ?
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
प्रतिक्रिया