आइतबार, फागुन १०, २०८२

सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन, दुई दिनपछि सिट बाँडफाँट हुने

मेरोन्यूज २०७९ भदौ १९ गते १९:११

काठमाडौँ । सत्ता गठबन्धन दलका शीर्ष नेताहरूको बैठक सकिएको छ । आगामी मंसिर ४ गते हुने संघ र प्रदेशसभा निर्वाचनको सिट बाँडफाँटका लागि बसेको बैठक निष्कर्षविहीन भएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

सरकारका प्रवक्तासमेत रहेका मन्त्री ज्ञानेन्द्र कार्कीका अनुसार थप दुई दिन सिट बाँडफाँटका लागि बनेको कार्यदलको बैठक बसेर सिट विभाजन टुंगो लाग्ने भएको हो ।

उनले भने, ‘दुई दिन कार्यदलको बैठक बसेर गठबन्धनका शीर्ष नेताहरूको बैठक बसेपछि सिट बाँडफाँट टुंगो लाग्छ ।’ उनले सबै दलले विजयी हुने गरी सिट बाँडफाँटको तयारी गरेको बताए ।

प्रतिक्रिया