शनिबार, फागुन ९, २०८२

मन्त्री श्रेष्ठलाई लाइनमा बस्न आग्रह गर्ने सुरक्षा गार्डलाई थुनामा राखेर अनुसन्धान

मेरोन्यूज २०७९ भदौ २० गते ९:००

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई ‘लाइनमा बस्नु’ भन्दै आग्रह गर्ने एक सुरक्षा गार्डलाई थुनामा राखेर अनुसन्धान अघि बढाइएको छ। गत शुक्रबार मन्त्री श्रेष्ठमाथि दुर्व्यवहार गरेको आरोपमा ठमेलस्थित छाया सेन्टरका सुरक्षा गार्ड शेरजंग गुरूङलाई प्रहरीले पक्राउ गरेको थियो।
मन्त्री श्रेष्ठ छाया सेन्टरमा बायोमेट्रिक्स कामका लागि गएका थिए। त्यहाँ सेवाग्राहीको लाइन थियो। मन्त्री श्रेष्ठ लाइन काटेर जान खोजेपछि सुरक्षा गार्डले ‘लाइनमा बस्नु’ भनेका थिए। छाया सेन्टरका सुरक्षा गार्डले ‘हप्कीदप्की गरेपछि पिएसओले उजुरी दिएको’ बताइएको छ । उनीमाथि जाहेरी परेपछि प्रहरीले पक्राउ गरी पाँच दिन म्याद लिई थुनामा राखेर अनुसन्धान अघि बढाएको हो।
जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिनको म्याद लिइएको छ।

Advertisement
nepal life insurencenepal life insurence

उनले आफू समय लिएर गएको तथा लाइनमै बसे पनि सुरक्षा गार्डले दुर्व्यवहार गरेको दाबी गरेका छन्।

प्रतिक्रिया