बेलायतमा आज नयाँ कन्जरभेटिभ नेता चयन हुँदै
लन्डन । बेलायतमा आज नयाँ कन्जरभेटिभ नेता छनोट हुँदै छन् । छानिएका नेता देशको नयाँ प्रधानमन्त्री हुनेछन् । नेता चयन गर्न केही सातादेखि विभिन्न चरणमा मतदान भएको थियो । नेता बन्ने दौडमा विदेशमन्त्री लिज ट्रस र पूर्वअर्थमन्त्री ऋषी सुनक छन् । भावी कन्जरभेटिभ नेतामा ट्रसको सम्भावना धेरै रहेको विभिन्न सर्वेक्षणले देखाएका छन् ।
निर्वाचित भएमा ट्रस मारगेट थ्याचर र थेरेसा मेपछि देशको तेस्रो प्रधानमन्त्री हुनेछिन् । मतदान गर्न योग्य अनुमानित २ लाख टोरी सदस्यहरूबाट हुने नेतृत्व चयनका लागि ४७ वर्षीय ट्रस आफ्ना प्रतिष्प्रर्धी ४२ वर्षीय सुनकभन्दा लगातार अगाडि छिन्। आर्थिक अनियमितता र काण्डपछि बोरिस जोनसनले राजीनामाको घोषणा गरेसँगै नेतृत्वको प्रतिष्प्रर्धा जुलाईबाट सुरु भएको थियो ।
८ साता लामो अभियानपछि शुक्रबार हुलाक तथा अनलाईन भोटिङ सम्पन्न भएको थियो । यसलाई ट्रसले ‘इतिहासमै लामो अन्तवार्ता’ भनेकी छिन् । तथापि, भोटले आम जनताको राय प्रतिबिम्बित गर्न सक्दैन । यु गभले अगस्टको अन्त्यमा गरेको सर्वेक्षणमा ५२ प्रतिश ट्रसको प्रतिशतमा रहेको देखाएको थियो । तर, ४३ प्रतिशतले उनलाई विश्वास नगर्ने बताएका थिए ।
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया