भारतीय सेनाध्यक्ष पाण्डे र प्रधानसेनापति शर्माबीच जंगी अड्डामा भेटवार्ता

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतका स्थल सेनाध्यक्ष मनोज पाण्डे र नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माको बिचमा भेटवार्ता भएको छ । सोमबार जंगी अड्डामा दुई देशका सैनिक प्रमुखको बिचमा भेटवार्ता भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । प्रधानसेनापति सँग भेट्नुअघि भारतीय सेनाध्यक्षलाई जंगी अड्डामा गार्ड अफ अनर प्रदान गरिएको थियो । सम्मान गारत निरीक्षण पछि दुई देशका प्रमुखको बिचमा भेटघाट सुरु भएको नेपाली सेनाले जनाएको छ ।
आजै भारतीय सेनाको तर्फबाट नेपाली सेनालाई हुने सहयोग पनि घोषणा हुनेछ । सेनाध्यक्ष पाण्डेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम छ । सो समारोह शीतल निवासमा हुनेछ ।
नेपाल र भारतबीच १९५१ देखी एकअर्का देशका सेना प्रमुखलाई मानार्थ सैनिक प्रमुखको दर्जा प्रदान गर्ने चलन छ । तत्कालीन भारतीय सेनाध्यक्ष जनरल केएम करिअप्पाले नेपालमा आएर पहिलो मानार्थ महारथीको सम्मान लिएका थिए । पाण्डे नेपाली सेनाको महारथी पाउने १९ औँ भारतीय सेना प्रमुख हुन् ।















विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित
राष्ट्रियसभा निर्वाचनः दुई सिटका लागि बागमती र गण्डकीमा छ / छ जना प्रतिस्पर्धामा
राष्ट्रियसभा सदस्य निर्वाचनः आज सातै प्रदेशमा मतदान हुँदै
नेपाल राष्ट्र बैंकले आज (आइतबारका)का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया