भदौं २६ मा साना वाम दलले काठमाडौंमा विरोध सभा गर्ने

काठमाडौं । मोहन वैध (किरण) नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) लगायतका ५ साना वाम शक्तिहरुले भदौं २६ मा काठमाडौंमा विरोध प्रर्दशन र सभा गर्ने भएका छन् ।
एमसीसी संसदबाट अनुमोदन गर्नेदेखि नागरिकता विधेयक सम्म पारित गर्ने काम अहिलेको सत्ता गठबन्धन दलले गरेको र पपिछल्लो दिनमा देशको राष्ट्रिय स्वाधिनता नै संकटमा पदै जान थालेको भन्दै राष्ट्रिय स्वाधिनताको पक्षमा उनीहरुले आन्दोलनमा उत्रनुको विकल्प नभएको बताएका छन् ।
भदौं २० गते उनीहरुले संयुक्त विज्ञेप्ती प्रकाशित गरेर भदौं २६ मा काठमाडौंमा बृहत विरोध प्रर्दशन र सभा गर्ने जनाएका हुन् । नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य सिपि गजुरेल, नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला, ने.क.पा.(मसाल) राष्ट्रिय महाधिवेशन आयोजक समितिका संयोजक सन्तवहादुर नेपाली, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष लोकनारायण सुवेदी र संयुक्त क्रान्तिकारी मोर्चा नेपालका प्रतिनिधी नारायण शर्माले वक्तब्य जारी गदै भदौं २६ को कार्यक्रम सार्वजनिक गरेका हुन् ।


















निर्वाचन बिथोल्ने गतिविधि नगर्न वाइसिएलको आग्रह
अहिलेको चुनावले कुनै निकास नआउने भन्दै निर्वाचन पछि सार्न राजेन्द्र लिङदेनको प्रस्ताव
पोखरा गोल्डकपको उपाधि सहारालाई
आगामी निर्वाचनमार्फत देश र लोकतन्त्रले जित्नुपर्छ : पूर्वप्रमुख निर्वाचन आयुक्त
फागुन ७ गते बिहीबारकाे राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
टुँडिखेलमा प्रजातन्त्र दिवस (फोटो फिचर)
सुर्खेत पुगेर बालेनले भने – कर्णालीको गहिराइ कसैले बुझेन
एमालेका नेता पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
प्रतिक्रिया