भदौ २६ देखि नयाँ नोट सटही,सर्वसाधारणले २९ गतेदेखि पाउने

काठमाडौँ । राष्ट्र बैंकले भदौ २६ देखि बैंक तथा वित्तीय संस्थाहरूलाई नयाँ नोट सटही सुविधा प्रदान गर्ने भएको छ । यो वर्षको दसैँ, तिहार र छठका लागि सर्वसाधारणलाई भने २९ गतेदेखि नयाँ नोटको सटही सुविधा दिने बैंकको
मुद्रा व्यवस्थापन विभागले जनाएको छ । सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ बराबर नयाँ नोट सटही सुविधा पाउने छन् । यो ५ देखि १ सय रुपैयाँसम्मको एक / एक वटा बन्डल हो । बैंक तथा वित्तीय संस्थालाई भने राष्ट्र बैंकले २ देखि ५ करोड रुपैयाँसम्म नयाँ नोट सटही सुविधा दिनेछ ।
चालु आर्थिक वर्षभरि नै राष्ट्र बैंकले आफ्ना कार्यालयहरु र बैंक तथा वित्तीय संस्थामार्फत नयाँ नोट वितरण गरिरहेको छ । राष्ट्र बैंकसँग पर्याप्त नोट स्टकमा रहेको र नागरिकको माग पनि सम्बोधन गर्नुपर्ने भएकाले भदौ अन्तिम साता देखि सहज तरिकाले नयाँ नोट वितरणको वातावरण मिलाइने विभागका प्रमुख रेवतीप्रसाद नेपालले बताए ।















निर्देशक तुलसी घिमिरेले तयार पारेकाे ‘पहाड’ मा नेपाली समाजको कथा
More than 6,700 tourists from third countries enter Nepal via Kakadbhitta
कालीमाटीमा मटरकोसा भाउ किलोको ५०,गोलभेँडाकाे ४५, अरु तरकारीको कति?
बाजुराको उच्च भेगमा वर्षातसंगै हिमपात हुँदा किसान खुसी
शर्माको नेतृत्वमा एनआरएनकाे नयाँ कार्यसमिति आज घोषणा हुँदै
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट, आज कतिमा काराेबार हुँदैछ ?
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
प्रतिक्रिया