बिहीबार, पुष १०, २०८२

सिचुवान भूकम्प जाँदा सात जनाको मृत्यु

मेरोन्यूज २०७९ भदौ २० गते १५:२५

काठमाडौँ । चीनको दक्षिण पश्चिम प्रान्त सिचुवानको लुडिङ काउन्टीमा ६.८ म्याग्निच्युडको भूकम्पमा परी सात जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् ।

भूकम्पबाट भएको मानवीय क्षति र भौतिक संरचनाको विस्तृत विवरण आउन बाँकी छ ।

स्थानीय समयअनुसार १२ः५२ मिनेटमा लुडिङ काउन्टीभन्दा ३९ किलोमिटर टाढाको स्थललाई केन्द्रबिन्दु बनाएर भूकम्प भएको चाइना भूकम्प नेटवर्क सेन्टरले जनाएको छ ।

भूकम्पको धक्का केन्द्रबिन्दुबाट २२६ किलोमिटर टाढा रहेको सिचुवान प्रान्तको राजधानी छन्दुमा पनि महसुस गरिएको थियो ।

राष्ट्रिय आपत कालीन प्रतिकार्य तथा उद्धार कार्यालयबाट सहायताकर्मी भूकम्प प्रभावित क्षेत्रमा परिचालन भएका छन् ।

प्रतिक्रिया