शनिबार, मंसिर १३, २०८२

नेपाललाई केन्याले दियो २५६ रनको लक्ष्य

मेरोन्यूज २०७९ भदौ २० गते १५:५३

काठमाडौँ । केन्याले नेपाललाई २५६ रनको लक्ष्य दिएको छ । नौरोवीस्थित जिमखाना रंगशालामा भएको खेलमा केन्याले २५५ रन बनाएको हो ।

एक दिवसीय क्रिकेटको तेस्रो खेलमा केन्याले पूरै ओभर खेल्दै ९ विकेट गुमाएर २५५ रन बनाएको हो । यसअघिका दुई खेलमा लगातार जित्दै नेपालले सिरिज जितिसकेको छ ।

केन्याको कोलिन्स ओबुयाले सर्वाधिक ८४ रन बनाए । लुकास डन्डासन ५९ रनमा नट आउट रहे भने सुखदेव सिंह ३७ रनमा आउट भए ।

बलिङमा नेपालका सोमपाल कामी र आदील अन्सारीले समान दुई-दुई विकेट लिए । बसिर अहमद र शाहब आलमले एक-एक विकेट लिए । तीन खेलको सिरिजमा नेपाल २–० ले अघि रहेको छ ।

नेपालले रोहितकुमार पौडेलको कप्तानीमा प्रतियोगिता खेलिरहेको छ ।

प्रतिक्रिया