आइतबार, फागुन १०, २०८२

विमानस्थलको भीआईपी कक्षबाट भागेका आलम जेल चलान

मेरोन्यूज २०७९ भदौ २० गते १७:०८

काठमाडौँ । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्षबाट भगाएका आरोपी रिजवान आलम जेल चलान भएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

आलमलाई बचाउन अन्सारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्ष दुरुपयोग गरेका हुन् । एयरपोर्टबाट भागे पनि भदौ १८ गते राति ३० वर्षीय आलमलाई उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले मेरियट होटलबाट पक्राउ गरेको थियो ।

करिब डेढ करोड रुपैयाँ ठगी मुद्दामा फरार आरोपी आलमलाई जेल चलान गर्न अदालतको आदेश दिएको थियो ।

प्रतिक्रिया