सोमबार, पुष ७, २०८२

बेलायतको नयाँ प्रधानमन्त्रीमा ट्रस विजयी

मेरोन्यूज २०७९ भदौ २० गते १७:३८

काठमाडौँ । बेलायतको नयाँ प्रधानमन्त्रीमा लिज ट्रस निर्वाचित भएकी छन् । उनले भारतीय मूलका ऋषि सुनकलाई पराजित गर्दै प्रधानमन्त्री भएकी हुन् ।

बीबीसीका अनुसार पार्टीले ट्रसलाई अघि सारिएको थियो । उनले ८१ हजार भोट ल्याउँदा ऋषि ६० हजार मात्रै भोट पाएका थिए । यसअघि ऋषि अगाडि रहेका थिए ।

बेलायतमा मार्गरेट थ्याचर पहिलो महिला प्रधानमन्त्री बनेकी थिइन् भने थेरेसा मे दोस्रो महिला प्रधानमन्त्री बनेकी थिइन् ।

बोरिस जोनसनको राजीनामासँगै ट्रस तेस्रो महिला प्रधानमन्त्री बनेकी हुन् ।

प्रतिक्रिया