भिरकोटमा सुक्खा पहिरो जाँदा माझी बस्ती विस्थापित
मेरोन्यूज
२०७९ भदौ २० गते १८:४०

काठमाडौँ । दोलखाको तामाकोशी १ भिरकोट माझी बस्तीमा सुक्खा पहिरो जाँदा ११ घर परिवार विस्थापित भएको छ । माझी बस्तीको माथिल्लो भागमा रहेको कुरी भिरबाट आज दिउँसो सुक्खा पहिरो खस्दा भिरकोटका ११ घर परिवार विस्थापित भएको वडा अध्यक्ष वसन्त थापाले जानकारी दिए ।
आज दिउँसो उक्त भिरबाट एक्कासी सुक्खा पहिरो खसेको र पहिरो झर्ने क्रम नरोकिएको स्थानीयहरूले बताएका छन् । मध्यदिउँसो पहिरो खसेका कारण कुनै पनि मानवीय क्षति नभए पनि वस्तीसम्म पहिरो आएको वडा अध्यक्ष थापाले बताए ।
पहिरो खस्ने क्रम नरोकिएको र घरहरू जोखिममा रहेकाले प्रभावितहरूलाई सुरक्षित स्थानमा बसोबासको लागि प्रवन्ध मिलाउने काम भइरहेको उनले बताए ।
सुक्खा पहिरोले सिङ्गो गाउँ नै जोखिममा परेपछि प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाको टोलीले पहिरोको स्थलगत अवलोकन गरेको छ ।
सम्बन्धित

















निर्वाचन बिथोल्ने गतिविधि नगर्न वाइसिएलको आग्रह
अहिलेको चुनावले कुनै निकास नआउने भन्दै निर्वाचन पछि सार्न राजेन्द्र लिङदेनको प्रस्ताव
पोखरा गोल्डकपको उपाधि सहारालाई
आगामी निर्वाचनमार्फत देश र लोकतन्त्रले जित्नुपर्छ : पूर्वप्रमुख निर्वाचन आयुक्त
फागुन ७ गते बिहीबारकाे राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
टुँडिखेलमा प्रजातन्त्र दिवस (फोटो फिचर)
सुर्खेत पुगेर बालेनले भने – कर्णालीको गहिराइ कसैले बुझेन
कांग्रेसको प्रतिज्ञापत्र : यस्ता छन् गैरआवासीय नेपालीका मुद्दा
एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
प्रतिक्रिया