आइतबार, फागुन १०, २०८२

नागरिकता विधेयक प्रमाणीकरण गर्न दोस्रोपटक राष्ट्रपतिकहाँ पठाइयो

मेरोन्यूज २०७९ भदौ २० गते २०:०६

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचार गर्न फिर्ता पठाएको नागरिकता विधेयक पुनः प्रमाणीकरणका लागि पठाइएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

संसदमा फिर्ता भएको नागरिकता विधेयक जस्ताको तस्तै पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाएको हो ।

राष्ट्रपतिले सुझावसहित संसदमा फिर्ता पठाएको विधेयक राष्ट्रियसभा र प्रतिनिधिसभाबाट जस्ताको तस्तै पारित गरिएको हो । दोस्रोपटक सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरेको विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाइएको हो ।

प्रतिनिधिसभाको विधायन व्यवस्थापन समितिका अनुसार नागरिकता विधेयक प्रमाणीकरणका लागि आज राष्ट्रपति कार्यालय पठाइएको हो ।

नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रपति भण्डारीले आफूलाई प्राप्त भएपछि १४ दिन अध्ययन गरेर साउन २९ गते संसद्‍मा फिर्ता गरेकी थिइन् ।

राष्ट्रपतिबाट फिर्ता आएको विधेयक दुवै सदनबाट केही नगरी पारित भएको थियो । संघीय संसद्‍बाट दोस्रोपटक पारित भएर आएको विधेयक राष्ट्रपतिले १५ दिनभित्र प्रमाणीकरण गर्नै पर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया