लागू औषधसहित दुई जना पक्राउ
मेरोन्यूज
२०७९ भदौ २० गते २०:३८
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले लागू औषधसहित दुई जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्याग्दी बेनी नगरपालिका ७ का वर्ष २१ का सुरेश घर्ती मगर र धौलागिरी गाउँपालिका १ का वर्ष ३१ का नगेन्द्र थापा रहेका छन् ।
आइतबार लागू औषध बोकेर पोखरा आउँदै गर्दा उनीहरू पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । उनीहरूको साथबाट लागूऔषध डाइजापाम ५६ एम्पुल, फेनेरागन ५६ एम्पुल, नुर्फिन ५६ एम्पुल गरी जम्मा १६८ एम्पुल बरामद भएको कास्की प्रहरीले जनाएको छ ।
उनीहरूलाई जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।
सम्बन्धित

















निर्वाचन बिथोल्ने गतिविधि नगर्न वाइसिएलको आग्रह
अहिलेको चुनावले कुनै निकास नआउने भन्दै निर्वाचन पछि सार्न राजेन्द्र लिङदेनको प्रस्ताव
पोखरा गोल्डकपको उपाधि सहारालाई
आगामी निर्वाचनमार्फत देश र लोकतन्त्रले जित्नुपर्छ : पूर्वप्रमुख निर्वाचन आयुक्त
फागुन ७ गते बिहीबारकाे राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सुर्खेत पुगेर बालेनले भने – कर्णालीको गहिराइ कसैले बुझेन
टुँडिखेलमा प्रजातन्त्र दिवस (फोटो फिचर)
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
एमालेका नेता पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश
प्रतिक्रिया