क्यानडामा छुरा प्रहारः एक संदिग्ध मृत फेला
मेरोन्यूज
२०७९ भदौ २१ गते ९:००

ओटाबा,क्यानडा प्रहरीले सास्काचेवानमा आइतबार सामूहिक छुरा प्रहार गर्ने दुई संदिग्ध मध्ये एक मृत फेला परेको जनाएको छ । संदिग्ध दाजुभाइमध्ये ३१ वर्षीय डेमियन स्यान्डरसनको शव जेम्स स्मिथ क्री नेसनमा भेटिएको प्रहरीले जनाएको छ ।
आइतवार सास्काचेवानका विभिन्न स्थानमा चक्कु प्रहार हुँदा अन्य १८ जना घाइते भएका थिए । आक्रमणसँग जोडिएका घटनाबारे प्रहरीले थप अनुसन्धान गरिएको छ ।
पीडितहरू उत्तर पूर्वमा रहेको आदिवासी क्षेत्र जेम्स स्मिथ क्री नेसन र नजिकैको वेल्डनसहित १३ विभिन्न स्थानहरूमा फेला परेका थिए । जथाभावी छुरा प्रहारपछि स्थानीयहरुलाई सुरक्षित स्थानमा रहन भनिएको थियो
जेम्स स्मिथ क्री नेसनमा आपतकाल घोषणा गरिएको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आक्रमणलाई ‘भयानक र हृदयविदारक’ भनेका छन् ।एजेन्सी
सम्बन्धित










तनावका बीच इरानले गर्याे क्षेप्यास्त्र परीक्षण
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रवि लामिछाने र बालेनबीच भेटवार्ता
कांग्रेस क्रियाशील सदस्यताको फारम पुस ९ गते भित्र भर्नुपर्ने
क्षेप्यास्त्र कार्यक्रममा कुनै सम्झौता हुँदैन -इरान
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
प्रतिक्रिया