बुधबार, माघ ७, २०८२

लिम्टस केबल्स-वायरिङ दमदार, घर शानदार

मेरोन्यूज २०७९ भदौ २१ गते १८:२३

काठमाडौँ । क्वालिटीमा नं १ लिटमस केबल्स, नेपालको एक लिडिङ्ग केबल र कन्डक्टर्स ब्राण्डले यस चाड पर्वको शुभ अवसरमा आफ्ना उपभोक्ताहरूलाई लक्षित गरी “वाइरिङ दमदार, घर शासानदार” स्किम ल्याएको छ ।

यो योजनाअन्तर्गत पाँच जना भाग्यशाली विजेताहरूले हरेक हप्ता भ्याकुम क्लिनर, एयर प्युरिफायर, मिनी रेफ्रिजरेटर, रेडमी नोट ११ प्रो, स्मार्ट वाच, इयरबड्स र ट्रिमर जस्ता इलेक्ट्रोनिक्स जित्ने मौका पाउनेछन् ।

लक्की ड्रमा सहभागी हुन ग्राहकले न्यूनतम ५० रुपैयाँ लिटमस केबल खरिद गरी तारिङ प्रक्रियाको फोटो सहितको बिल https://www.litmus.com.np/consumerscheme मा पठाउनु पर्ने छ ।

कार्तिक २५ गते दुई भाग्यशाली विजेताले फ्रिज, वासिङ मेसिन, ५५’ टिभी र ल्यापटप जस्ता १० लाख बराबरका घरेलु उपकरण जित्ने मौका पाउने छन् । विजेताले जितेको पुरस्कार घोषित भएको ३ देखि ५ दिनभित्र पाउन सक्ने छन् ।

सन् १९७७ मा स्थापना भएको लुम्बिनी विद्युत उद्योग प्रा. लि. नेपालको पहिलो एल्युमिनियम कण्डक्टर स्टिल रिइन्फोर्स्ड उत्पादन कम्पनी हो । यस कम्पनीले चार दशकदेखि एडभान्स जर्मन टेक्नोलोजी र लिटमस केबल्स ब्राण्ड नाममा उत्कृष्ट गुणस्तरका तारलहरू उत्पादन गर्दै आएको छ ।

लुम्बिनी विद्युत उद्योग प्रा. लि. नेपालको सबैभन्दा ठूलो निजी औद्योगिक र व्यापार समूह, रमेश कर्पोरेशनको संस्था हो । यो बुटवलको बुटवल औद्योगिक क्षेत्रमा अवस्थित रहेको छ ।

प्रतिक्रिया