सोमबार, चैत २, २०८२

बजाज इन्ट्रासिटी- यसपालीको चाड, उपहारसँगै स्वरोजगार

मेरोन्यूज २०७९ भदौ २१ गते १८:३२

काठमाडौँ । बजाज थ्री ह्वीलर्स बजाज रि बिएस६ र बजाज माक्सिम सीको एक मात्र वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. दशैँ, तिहार र छठ अभियान सुरु गरेको छ । यस अभियानको नाम ‘यसपालीको चाड, उपहारसँगै स्वरोजगार’ राखिएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

बजाज इन्ट्रासिटीले स्वरोजगार बन्न प्रोत्साहित गर्नका लागि सुरु गरिएको यो अभियानमा बजाज माक्सिम सी वा बजाज रि बिएस६ को खरिदमा ३२ इञ्चको हिमस्टार एलईडी स्मार्ट टीभी वा सामसुङ एफ२२ स्मार्ट फोन पाउनु अफर ल्याएको छ ।

हंसराजका निर्देशक अभिमन्यु गोल्छा भने, ‘चाडपर्वको अवसरमा हाम्रा ग्राहकहरू माझ यो अभियान प्रस्तुत गर्न पाउँदा हामीलाई निकै गर्व लागेको छ। उत्कृष्ट उत्पादनहरूका साथै चाडवाडको रमाइलो अवसरमा रमाइला अफरहरू हाम्रा ग्राहकहरूलाई प्रदान गर्ने हाम्रो लक्ष्य हो। यो अफरले मानिसहरूलाई आफ्नै देशमा बजाज रि बिएस६ र बजाज माक्सिम सी खरिद गरी स्वरोजगार भई आत्मनिर्भर हुन प्रोत्साहन गर्ने छ ।’

यो यसपालीको चाड, उपहार संगै स्वरोजगार अफर सिमित अवधिका लागि मात्र मान्य हुने छ ।

प्रतिक्रिया