दराजले ल्यायाे ‘द रियल सेल’, ६० प्रतिशतसम्म छुटसँगै यस्ता छन् आकर्षक अफर

काठमाडौँ । नेपालकै अग्रणी अनलाइन किनमेल गन्तव्य दराज नेपालले आफ्नो बहुप्रतीक्षित “द रियल सेल” अभियानको घोषणा गरेको छ । यो सेल मार्च १५ (चैत १, २०८२) बेलुका ८ बजेदेखि मार्च २० (चैत ६) सम्म सञ्चालन हुने जानकारी दिएको छ ।
यस अभियान अवधिभर ग्राहकहरूले ६० प्रतिशत सम्मको छुट, छनोट गरिएका सामानहरूमा निःशुल्क डेलिभरी तथा रु. ६३ लाख बराबरका भौचरहरू सहितका आकर्षक अफरहरू प्राप्त गर्न सक्नेछन् ।
अघिल्ला सेलहरूमा झैँ यस सेलमा पनि विशेष साझेदार अफरहरू पनि समावेश गरिएका छन् । जसअन्तर्गत प्लाटिनम पार्टनर चर्च एण्ड ड्विाइट र र्होटोका तर्फ बाट ४४ प्रतिशतसम्मको छुट, गोल्ड पार्टनर ब्राण्डहाउसका तर्फ बाट ६० प्रतिशत सम्मको छुट, तथा सिल्वर पार्टनर नाइकका तर्फ बाट ५० प्रतिशत सम्मको छुट उपलब्ध हुने जानकारी दिइएको छ ।
ग्राहकको विश्वास अझ सुदृढ बनाउन यसपटक पनि “बेष्ट प्राइस” ट्याग भएका उत्पादनहरूमा दाराजको दुई गुणा प्राइस डिफ्रेन्स रिफन्ड प्रमिस लागू हुने दराजले प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ । यस अन्तर्गत, यदि ग्राहकले नेपालभित्रको अर्को कुनैपनि अनलाइन प्लेटफर्ममा सोही उत्पादन दराजमा निर्धारित भन्दा कम मूल्यमा उपलब्ध भएको भेट्टाएमा र योग्यताको सर्त पूरा भएमा दराजले मूल्य फरकको दोब्बर रकम फिर्ता गर्नेछ ।
छुटहरूभन्दा बाहिर, “द रियल सेल” को उद्देश्य देशभरका ग्राहकहरूलाई मूल्य, सुविधा तथा उत्पादनहरूको विस्तृत छनोटलाई एकसाथ जोड्दै सहज र लाभदायक अनलाइन किनमेल अनुभव प्रदान गरेको कम्पनीले बताएको छ ।
यस सेल अवधि भर ग्राहकहरूले स्वास्थ्य तथा सौन्दर्य, फेशन, अडियो तथा वेयरेबल्स, फर्निचर, गृह सजावट लगायत विभिन्न क्याटेगोरीहरूमा उपलब्ध अफरहरूको लाभ लिन सकिनेछ । अभियानले उपभोक्तालाई आफ्ना मनपर्ने उत्पादनहरू आकर्षक मूल्यमा किनमेल गर्ने उत्कृष्ट अवसर प्रदान गर्ने कम्पनीको विश्वास छ ।
















वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
राष्ट्र बैंकले आजका लागी निर्धारण गरेको मुद्राको विनिमयदर
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया