आइतबार, फागुन १०, २०८२

रौतहट-४ मा काँग्रेसबाट कोइरालाकाे नाम सिफारिस

मेरोन्यूज २०७९ भदौ २२ गते १५:२८

काठमाडौं । नेपाली काँग्रेस रौतहट जिल्ला कार्यसमितिको मंगलबार बसेको बैठकले नेपाली काँग्रेस रौतहट क्षेत्र नं ४ बाट कार्यकर्ताको राय सहित युवा नेता मधेश प्रदेश संसदीय समिति सदस्य रविन चन्द्र कोइरालालाई आसन्न प्रतिनिधिसभा निर्वाचनकालागि प्रतिनिधिसभा सदस्य पदमा प्रत्यक्षतर्फ नाम सिफारिस गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

पार्टी विधानको धारा ३०, धारा (२) तथा धारा ६९ बमोजिमको योग्यता पुग्दा समेत बद्नियत पूर्वक, व्यक्तिगत स्वार्थका कारण छलफल बिना एकलौटि रुपमा गरिएको सिफारिस विरूद्ध जिल्ला कार्यसमितिमा कोइरालाले उजुरी दर्ता गराएका थिए ।

क्षेत्रिय कार्यसमितिको बैठकले एकातिर प्रदेश सभा सदस्य पदको सिफारिसमा सम्पूर्ण आकांक्षीहरुको नाम सिफारिसगर्नु तर प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दावि गरेका कोइराला लगायत अन्य व्यक्तिहरूको नाम सिफारिस नगरिएको हुनाले प्रचुर सम्भावना भएको कोइरालालाई बाई-पास गर्ने उक्त निर्णयलाई जिल्ला कार्यसमितिले सच्चाएको सभापति सुनिल (जितेन्द्र) कुमार यादवले जानकारी दिएका छन् ।

जिल्ला कार्यसमितिको यो निर्णयले पार्टी भित्रका आस्थावान सम्पूर्ण नेता तथा कार्यकर्ताको भावनालाई समेटेको र व्यक्तिगत स्वार्थ सिद्धि गर्ने उद्देश्य बोकेकाहरूकाले राम्रो जवाफ पाएको तरूण दलका नेता शम्भू थापाले बताएका छन् ।

साथै यो निर्णयको स्वागत गर्दै रौतहट ४ (ख) प्रदेश कार्यसमिति सभापति पुनित सहनीले लामो समय देखि योगदान पुर्याएका नेता तथा कार्यकर्ताको मनोवल उच्च भएको र नेता तथा कार्यकर्ताले नयां अनुहार खोजी गरिरहेको बताएका छन् ।

नेपाली काँग्रेसले देशभरका अन्य निर्वाचन क्षेत्रबाट पनि सबै आकांक्षिहरुको नाम समावेस गरि जिल्ला कार्यसमितिमा पठाएको देखिएको छ ।

प्रतिक्रिया