सन्दीप प्रकरण
बलात्कारपछि चिच्याएकी किशोरीलाई सन्दीपले कुटपिट गरेका थिए
सन्दीपले पीडित किशोरीलाई रिसोर्टमा लगेर मदिरा सेवन गर्न कर गरेका थिए

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफुलाई जबरजस्तीकरणी गरेको भन्दै १७ वर्षीया किशोरीले मंगलबार जाहेरी दिएकी थिइन् । नुवाकोट घर भएकी ति कोशोरीले आफुलाई सन्दिपले गत भदौ ५ गते एक होटलमा लगेर जबरजस्तीकरणी गरेको भन्दै महानगरीय वृत्त गौसलामा उजुरी दिएकी हुन् ।
गत भदौ ५ गते राति ११ः५५ बजे सिनामंगलस्थित एक होटलमा ल्ययाएर सन्दिपले ति किशोरीलाई जबरजस्तीकरणी गरेको उजुरीमा उल्लेख छ । पीडितले दिएको जाहेरीका अनुसार, लामिछानेले पुरानो बानेश्वरबाट बालिकालाई गाडीको अगाडिको सिटमा राखेर भित्री बाटोबाट सिनामंगल, कोटेश्वर हुँदै नगरकोट पुर्याएका थिए। नगरकोटको एक रिसोर्टमा पुग्दा बेलुकाको ८ः३० बजेको थियो । रिसोर्टमा पुगेपछि लामिछानेले ति किशोरीलाई मादक पदार्थ सेवन गर्न कर समेत गरेका थिए ।
मदिरा सेवन गर्न अस्विकार गरेपछि सन्दीप र ति किशोरी काठमाडौं फर्किएका थिए । काठमाडौं आउँदा बेलुका ११ः५५ भएको थियो । मध्यरात पनि भएकाले आफू बस्ने ठाउँ जान अप्ठ्यारो हुने भनेर ती बालिका आत्तिएपछि सन्दीपले काठमाडौँको पिंगलास्थानमा रहेको एक होटेलमा रुम बुक गरेका थिए । होटलमा एउटामात्र कोठा बुक गरेको भन्दै युवतीले असहमति जनाएकी थिइन् ।
पीडित किशोरीले होटेलमा दुइटा रुम बुक गर्न कर गरेकी थिइन्, तर सन्दीपले भने होटेलमा एउटामात्र कोठा उपलब्ध भएको भन्दै टारेका थिए । सोही होटलको कोठा नम्बर ३०५ मा आफूमाथि बलात्कार भएको बालिकाले दिएको बयानमा उल्लेख रहेको प्रहरीले जनाएको छ ।
कुटपिट गर्दै बलात्कार !
सन्दीपले जबरजस्तीकरणी गर्न खोज्दा ति पीडित महिलाले प्रतिकारस्वरूप रुन, कराउन, चिच्याउन थालेपछि लामिछानेले कुटपिट गर्दै किशोरीमाथि पुनः करणी गरेको पीडितले जाहेरीमा उल्लेख गरिएको छ ।

दया दुदराज
<span style="color: #343f4a; font-family: Mukta, sans-serif; font-size: 18.4px; text-align: justify;">मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।</span>

















पेप्सीकोलामा बसबाट खसेर वृद्धको मृत्यु
फोर्थिङ ‘एक्सचेन्ज एण्ड अपग्रेड टु फ्राइडे ईभी’ अफर सार्वजनिक, ७ लाखसम्मको विशेष योजना
जिलीको अत्याधुनिक ‘सर्ट ब्लेड’ ब्याट्री अब नेपालमा, ईएक्स ५ मार्फत उपलब्ध
Chhayanath Rara Municipality approves Procedures on Labour Bank
मधेश बलियो भए मात्रै मुलुकमा संघीयता सुरक्षित रहन्छ : उपेन्द्र यादव
एमालेका नेता पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश
कांग्रेसको प्रतिज्ञापत्र : यस्ता छन् गैरआवासीय नेपालीका मुद्दा
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
दाङमा शंकर पोखरेललाई रविको कटाक्ष- मलाई जेल पुर्याउने बाका प्रिय पात्र यहीँ छन्
बेलायतका पूर्व राजकुमार एन्ड्रयु पक्राउ
प्रतिक्रिया