जिलीको अत्याधुनिक ‘सर्ट ब्लेड’ ब्याट्री अब नेपालमा, ईएक्स ५ मार्फत उपलब्ध

काठमाडाैं। विद्युतीय सवारीसाधनको मुख्य आधार यसको ब्याट्री प्रविधि हो, जसले रेञ्ज, सुरक्षा, आयु र समग्र कार्यसम्पादन निर्धारण गर्छ। नेपालमा तीव्र गतिमा विस्तार भइरहेको ईभी बजारमा अत्याधुनिक ब्याट्री प्रविधिसहितको नयाँ विकल्प थपिएको छ। जिली अटो ग्रुपद्वारा विकास गरिएको ‘सर्ट ब्लेड’ ब्याट्री अब जिली ईएक्स ५ मार्फत नेपाली बजारमा उपलब्ध भएको हो।
नेपालमा ईभीको वार्षिक बिक्री वृद्धि उल्लेख्य दरले बढिरहेको छ। पेट्रोलियम गाडीको सट्टा विद्युतीय एसयूभीतर्फ ग्राहकको आकर्षण बढ्दै जाँदा ब्याट्रीको सुरक्षा, टिकाउपन र वारन्टीजस्ता पक्ष निर्णायक बन्दै गएका छन्। नेपालका लागि आधिकारिक वितरक LRR Motors ले ईएक्स ५ (प्रो र म्याक्स भेरियन्ट) बिक्री गर्दै आएको छ।
सन् २०२४ जुन २७ मा हाङ्झाउमा सार्वजनिक गरिएको सर्ट ब्लेड ब्याट्री लिथियम आयन फस्फेट (LFP) प्रविधिमा आधारित छ। परम्परागत LFP डिजाइनभन्दा सघन र तापीय रूपमा स्थिर संरचनासहित यो ब्याट्रीमा ‘सेल्फ–फ्युजिङ’ सुरक्षा प्रणाली प्रयोग गरिएको छ, जसले दुर्घटनाका अवस्थामा सर्ट सर्किट र थर्मल रनअवे रोक्ने दाबी गरिएको छ। कम्पनीका अनुसार बहु–नेल पेनिट्रेसन, पानीमा डुबाउने, उच्च दबाब तथा प्रत्यक्ष आगो परीक्षणमा समेत ब्याट्री सफल भएको छ।
करीब ३,५०० चार्ज–डिस्चार्ज साइकल क्षमता रहेको यस ब्याट्रीबाट १० लाख किलोमिटरसम्म यात्रा सम्भव हुने अनुमान छ। वार्षिक २० हजार किलोमिटर चलाइएमा करिब ५० वर्षसम्म उपयोगी रहन सक्ने प्रक्षेपण गरिएको छ, जसले पुनःबिक्री मूल्यमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा छ।
उच्च हिमाली क्षेत्रमा समेत प्रभावकारी प्रदर्शन गर्ने दाबी गरिएको यो ब्याट्री माइनस ३० डिग्री सेल्सियसमा पनि ९० प्रतिशतभन्दा बढी क्षमता कायम राख्न सक्षम बताइएको छ। १६० किलोवाट मोटरसहितको ईएक्स ५ ले ६.९ सेकेन्डमा ०–१०० किमि प्रतिघण्टा गति लिन्छ। ११ किलोवाट एसी चार्जरबाट करिब ६ घण्टामा पूर्ण चार्ज तथा १०० किलोवाट डीसी फास्ट चार्जरबाट २० मिनेटमै ३०–८० प्रतिशत चार्ज गर्न सकिने कम्पनीले जनाएको छ।

















प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
इरानी महिला फुटबल टोली घर फर्कियो
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
हर्क साम्पाङले फेरि भने: प्रधानमन्त्री रवि लामिछाने बन्दा राम्रो
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
शर्माको नेतृत्वमा एनआरएनकाे नयाँ कार्यसमिति आज घोषणा हुँदै
प्रतिक्रिया