नतिजा उल्टाउँदै भारतमाथि नेपाल ३-१ गोलले विजयी

काठमाडौँ । साफ यू १७ च्याम्पियनसिप फुटबलमा नेपालले भारतलाई हराएको छ । योसँगै नेपाल समूह विजेता बनेको छ ।
शुक्रबार भएको खेलमा नेपालले भारतलाई ३-१ गोल अन्तरले हराएको हो । श्रीलंकाको कोलम्बोस्थित रेस कोर्स ग्राउण्डमा नेपालको जितमा सरोज दर्लामी, उनेश बुढाथोकी र सुवास बमले एक-एक गोल गरेका हुन् ।
भारतले लिएको सुरुवाती अग्रतालाई उल्टाउँदै नेपालले जित निकाल्दा समूह विजेता बनेको हो । नेपालको लागि खेलको २५ औँ मिनेटमा ड्यानी मेइटीले गोल गर्दै भारतलाई अग्रता दिलाए । नेपालका लागि खेलको ४५ औँ मिनेटमा सरोज दर्लामीले गोल गर्दै टिमलाई १-१ गोलको बराबरीमा ल्याए ।
४९ औँ मिनेटमा उनेशले गोल गर्दै नेपाललाई २-१ को अग्रता दिलाउँदा ६८ औँ मिनेटमा सुवासले गोल गर्दै नेपाललाई ३-१ ले विजयी भएको हो ।
नेपालले २ खेलबाट ६ अंक जोडेर समूह ‘बी’को शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।
















निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
हर्मुजमा बारुदी सुरुङ बिछ्याइरहेका डुङ्गा नष्ट गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
प्रतिक्रिया