बेलायतका नयाँ राजाको राज्याभिषेक आज, तर विलियम्स सिधै बन्न पाउने छैनन प्रिन्स अफ वेल्स

काठमाडौं । महारानी एलिजावेथ द्वितीयको निधनपछि बेलायतको राजगद्दी उनका उत्तराधिकारी एवं वेल्सका पूर्वराजकुमार चार्ल्सले तत्कालै पाए । तर, राज्याभिषेकअघि उनले केही व्यावहारिक र पारम्परिक नियम पालना गर्नुपर्नेछ ।
उनलाई अब किङ चार्ल्स तृतीयका रूपमा चिनिनेछ । नयाँ राजाले राजगद्दी सम्हाल्नुअघि नै यस्तो निर्णय लिइएको हो । उनले चार्ल्स, फिलिप, अर्थर र जर्जमध्ये कुनै पनि नाम चुन्न सक्थे ।
बेलायती शाही परिवारमा उनी एक्ला होइनन्, जसको उपाधि परिवर्तन हुनेछ । प्रिन्स विलियम्स अब राजगद्दीका उत्तराधिकारी हुन् तर उनी स्वतः प्रिन्स अफ वेल्स बन्न सक्दैनन् । अहिलेलाई उनले आफ्नो बुवाको उपाधि ड्युक अफ कोर्नवल पाउनेछन् । उनकी पत्नी क्याथरिन अब डचेज अफ कर्नवलका रूपमा चिनिनेछिन् ।
अब चार्ल्सकी पत्नी, केमिलाले पनि नयाँ उपाधि पाउनेछिन् । उनको पूरा उपाधि अब क्वीन कन्सर्ट हुनेछ । राजाकी जीवनसंगिनीका लागि यही उपाधि प्रयोग गर्ने गरिन्छ ।
चार्ल्सलाई आधिकारिक रूपमा आज राजा घोषित गरिँदै छ । यसका लागि लण्डनस्थित सेन्ट जेम्स प्यालेसमा असेसन काउन्सिल नामको औपचारिक निकायसमक्ष कार्यक्रम हुनेछ ।
यो काउन्सिलमा प्रिभी काउन्सिलका सदस्य हुन्छन् । यसमा पूर्व एवं वर्तमान वरिष्ठ सांसद, उनका समकक्षी, केही वरिष्ठ नोकरशाह, कमनवेल्थका हाई कमिस्नर र लर्ड अफ मेयर लण्डन सहभागी हुनेछन् ।
प्रिभी काउन्सिलमा हिस्सा लिने सात सय जना अधिकृत हुन् तर समय कम भएकाले मान्छे पनि कम हुने सम्भावना छ । सन् १९५२ मा भएको पछिल्लो असेसन काउन्सिलमा २ सय जनाले भाग लिएका थिए ।
बैठकमा प्रिभी काउन्सिलका लर्ड प्रेसिडेन्टले महारानीको निधनबारे घोषणा गर्नेछन् । यससँग जोडिएको घोषणापत्र पढेर सुनाउनेछन् । हाल सांसद पेनी मरडान्ट यसको अध्यक्ष छन् ।









निर्धारित मितिमै निर्वाचन हुन्छ : मन्त्री घिसिङ
भ्याली पब्लिक यु–१९ बास्केटबल लिग च्याम्पियन
झापा भिरबाट लडेर एक जनाको मृत्यु
देउवा-ओलीबीच भेट
काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
प्रतिक्रिया