बेलायतका नयाँ राजाको राज्याभिषेक आज, तर विलियम्स सिधै बन्न पाउने छैनन प्रिन्स अफ वेल्स

काठमाडौं । महारानी एलिजावेथ द्वितीयको निधनपछि बेलायतको राजगद्दी उनका उत्तराधिकारी एवं वेल्सका पूर्वराजकुमार चार्ल्सले तत्कालै पाए । तर, राज्याभिषेकअघि उनले केही व्यावहारिक र पारम्परिक नियम पालना गर्नुपर्नेछ ।
उनलाई अब किङ चार्ल्स तृतीयका रूपमा चिनिनेछ । नयाँ राजाले राजगद्दी सम्हाल्नुअघि नै यस्तो निर्णय लिइएको हो । उनले चार्ल्स, फिलिप, अर्थर र जर्जमध्ये कुनै पनि नाम चुन्न सक्थे ।
बेलायती शाही परिवारमा उनी एक्ला होइनन्, जसको उपाधि परिवर्तन हुनेछ । प्रिन्स विलियम्स अब राजगद्दीका उत्तराधिकारी हुन् तर उनी स्वतः प्रिन्स अफ वेल्स बन्न सक्दैनन् । अहिलेलाई उनले आफ्नो बुवाको उपाधि ड्युक अफ कोर्नवल पाउनेछन् । उनकी पत्नी क्याथरिन अब डचेज अफ कर्नवलका रूपमा चिनिनेछिन् ।
अब चार्ल्सकी पत्नी, केमिलाले पनि नयाँ उपाधि पाउनेछिन् । उनको पूरा उपाधि अब क्वीन कन्सर्ट हुनेछ । राजाकी जीवनसंगिनीका लागि यही उपाधि प्रयोग गर्ने गरिन्छ ।
चार्ल्सलाई आधिकारिक रूपमा आज राजा घोषित गरिँदै छ । यसका लागि लण्डनस्थित सेन्ट जेम्स प्यालेसमा असेसन काउन्सिल नामको औपचारिक निकायसमक्ष कार्यक्रम हुनेछ ।
यो काउन्सिलमा प्रिभी काउन्सिलका सदस्य हुन्छन् । यसमा पूर्व एवं वर्तमान वरिष्ठ सांसद, उनका समकक्षी, केही वरिष्ठ नोकरशाह, कमनवेल्थका हाई कमिस्नर र लर्ड अफ मेयर लण्डन सहभागी हुनेछन् ।
प्रिभी काउन्सिलमा हिस्सा लिने सात सय जना अधिकृत हुन् तर समय कम भएकाले मान्छे पनि कम हुने सम्भावना छ । सन् १९५२ मा भएको पछिल्लो असेसन काउन्सिलमा २ सय जनाले भाग लिएका थिए ।
बैठकमा प्रिभी काउन्सिलका लर्ड प्रेसिडेन्टले महारानीको निधनबारे घोषणा गर्नेछन् । यससँग जोडिएको घोषणापत्र पढेर सुनाउनेछन् । हाल सांसद पेनी मरडान्ट यसको अध्यक्ष छन् ।
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया