द ब्रिटिस कलेजको ‘दीक्षान्त समारोह २०२२’ सम्पन्न

काठमाडौँ। द ब्रिटिस कलेजको ‘दीक्षान्त सामारोह २०२२’ सम्पन्न भएको छ । यस वर्ष ४१५ जना विद्यार्थी दीक्षित भएका छन् । द हायत रिजेन्सी होटेलमा आयोजना गरिएको दीक्षान्त समारोहमा विशिष्ठ व्यक्तिहरुको उपस्थिति थियो ।
यस वर्ष धेरैजना विद्यार्थीहरु भएका कारण दीक्षान्त समारोह दुई चरणमा आयोजना गरिएको थियो । पहिलो चरण बिहान विजनेशका विद्यार्थीहरु दीक्षित भए भने आइटीका विद्यार्थीहरुले दिउँसो दीक्षित भएका थिए ।
कार्यक्रममा विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा बेलायती महारानी एलिजाबेथको निधनप्रति दुई मिनेट मौन धारण गरिएको थियो । ब्रिटिस काउन्सिलकी बिजनेश म्यानेजर क्रिस्टिना कंसकार, इन्टरनेशनल पार्टनरसिप्सका प्रमुख प्याट्रिसिया भोयडोन, नेपालका लागि युडब्लुइ कन्ट्री म्यानेजर सुजन घिमिरे, एकेडेमिक्सका भाइस चान्सलर फिल कार्डिय, दक्षिण एसियाका लागि एलबियु रिजनल प्रमुख जयश्री रघुरामको उपस्थिति रहेको थियो ।
त्यस्तै अन्य अतिथिमा पउल क्लिभेस, डा अर्जुन कुमार कार्की, माइकल रुटल्याण्ड, डा एच सी, चिरन थापा, दुई आद्यौगिक सल्लाहकार बोर्ड सदस्यहरु टिम गोचर र सिद्यान्त राज पाण्डेको उपस्थिति रहेको थियो । द ब्रिटिस कलेजका कार्यकारी निर्देशक महेन्द्रराज कडेलले पानसमा दियो बालेर कार्यक्रमको उद्घाटन गरेका थिए ।
त्यस्तै द ब्रिटिस कलेजका सिइओ राजन कडेलले स्वागत मन्तव्य दिएका थिए। उनले दीक्षित भएका विद्यार्थीहरुलाई बधाई दिनका साथ भविष्यमा थप सफलताको कामना गरे । उनले भने, कोरोना संक्रमणको कालमा पनि ब्रिटिस कलेजले पठनपाठनलाई चुस्तदुरुस्त राख्न सफल भयो । आज विद्यार्थीहरुले ब्रिटिस एकिडियस काउन्सिलबाट मान्यता प्राप्त यस कलेजबाट डिग्री लिइरहेका छन् । विद्यार्थीहरुको थप सफलताको कामना म गर्छ ।ु
द ब्रिटिस कलेजका एसोसियट डिन अरुण जोशीले भने, ुविद्यार्थीहरुलाई आज यो दीक्षान्त समारोहमा देख्न पाउँदा कलेजले अध्ययन अध्यापनमा गरेको मेहनतलाई सम्झन चाहन्छ । यो सफलताले पनि देखाउँछ कि कलेजले प्रदान गर्ने शैक्षिक गुणस्तर कत्तिको उत्कृष्ट छ ।
ठूलो परिश्रमले यो सफलता मिलेको भन्दै उनले सबै कर्मचारी, फ्याकल्टी र विद्यार्थीहरुलाई बधाई र शुभकामना दिए।
कार्यक्रममा विशिष्ट अतिथिहरुले विद्यार्थीहरुलाई प्रेरणाको सन्देश दिँदै सफलताको कामना गरेका थिए । त्यस्तै, बेलायती विश्वविद्यालयबाट आएका प्रतिनिधिहरूले दीक्षित विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरेका थिए । बीबीए विद्यार्थी तथा जोन्टा छात्रवृत्ति जितेकी रुवी शाहले पनि आफ्नो भनाई राखेकी थिइन् । स्टुडेण्ट एक्सीलेन्स अवार्ड आइटीबाट रक्षा लामा मोक्तान र बिबिएबाट आयुष श्रेष्ठले प्राप्त गरे।















विश्वकपमा इरानको समर्थन गर्दा केइसुके होन्डाले अमेरिकी विज्ञापन सम्झौता गुमाए
आयल निगमद्वारा पेट्रोलियम पदार्थको व्यापक मूल्य वृद्धी
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
अष्ट्रेलियामा शरण मागेकी इरानी महिला फुटबल टोलीकी कप्तानले निवेदन फिर्ता लिइन्
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
मौसममा पश्चिमी प्रणालीको प्रभाव: केही स्थानमा वर्षा र हिमपातको सम्भावना
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट, आज कतिमा काराेबार हुँदैछ ?
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया