बाइडेन बेलायतकी महारनी एलिजाबेथ द्वितीयको अन्तेष्टिमा सहभागी हुने
मेरोन्यूज
२०७९ भदौ २७ गते ९:५६

न्युयोर्क । अमेरिकी राष्ट्रपति जो बाइडेन बेलायतकी महारनी एलिजाबेथ द्धितीयको अन्तेष्टिमा सहभागी हुने भएका छन् । बिहीबार ९६ वर्षको उमेरमा निधन भएकी महारानीको १९ सेप्टेम्बरमा अन्तेष्टि हुँदै छ ।
‘राष्ट्रपति बाइडेनले औपचारिक रूपमा सेप्टेम्बर १९ मा महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टि सेवामा उपस्थित हुने निमन्त्रणा स्वीकार गरेका छन्’, ह्वाइट हाउसले एक विज्ञप्तिमा भनेको छ ।
बाइडेनसँगै प्रथम महिला पनि अन्तेष्टिमा सहभागी हुनेछिन् । यसअघि ह्वाइट हाउसले बाइडेन सेप्टेम्बर १८ मा न्यूयोर्क जाने र सेप्टेम्बर १९ र २० मा संयुक्त राष्ट्रसंघको महासभाको वार्षिक सत्रमा सहभागी हुने घोषणा गरेको थियो । बाइडेनले राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने नगर्ने बारेमा ह्वाइट हाउसले कुनै खुलासा गरेको छैन् ।एजेन्सी
सम्बन्धित











क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
देवघाट प्लाष्टिक निषेधित क्षेत्र
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
प्रतिक्रिया