मुलुकको आर्थिक सूचक चिन्ताजनक छ : अध्यक्ष गोल्छा

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुकको आर्थिक सूचक चिन्ताजनक अवस्थामा रहेको दाबी गरेका छन् ।
आइतबार नेपाल उद्योग वाणिज्य महासंघसँग विज्ञापन आचार संहितासम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले सूचक चिन्ताजनक अवस्थामा भएको दाबी गरेका हुन् ।
‘नेपालको अहिलेका आर्थिक स्थिति वा सूचकहरू चिन्ता लाग्दो अवस्थामा छ, विगतमा पनि अर्थतन्त्रको चुनौतीपूर्ण अवस्थाबाट गुज्रिएका थियौँ,’ उनले भने, ‘अहिलको अर्थतन्त्रमा देखिएको समस्याको समाधान दीर्घ कालीन मात्रै हुन सक्छ ।’
अध्यक्ष गोल्छाले नेपालको विज्ञापन बजारमा कोभिड-१९ को प्रभाव नपरेको भए २० अर्ब पुग्ने अवस्थामा रहेको बताए । उनले नेपालमा स्वदेशी विज्ञापन ६० प्रतिशत र विदेशी विज्ञापनको ४० प्रतिशत रहेको बताएका थिए ।
उनले कम्पनी रजिस्टारको कार्यालयमा २६ सय विज्ञापन एजेन्सी दर्ता भएको बताउँदै विज्ञापन व्यवसायले ३५ हजार युवालाई रोजगारी दिएको बताए ।
















सुदूरपश्चिममा १६ निर्वाचन क्षेत्रका लागि २१० जनाको उम्मेदवारी
पर्सामा १०८ जनाको उम्मेदवारी
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
काठमाडौंको मेयरबाट राजीनामा दिँदै बालेन : आजै रास्वपा बैठकमा सहभागी हुँदै
प्रतिक्रिया