श्रीलङ्कामा मानव तस्करमाथि निगरानी, पक्राउ पर्नेको सङ्ख्या बढ्यो
मेरोन्यूज
२०७९ भदौ २७ गते २१:३१
काठमाडौँ । श्रीलङ्का सरकारले हालैका महिनामा बावजुद डुङ्गामार्फत अवैध रूपमा मानिसलाई विदेश पठाउने मानव तस्करमाथि कडा कारबाही गर्ने बताएको छ ।
श्रीलङ्काको पूर्वी क्षेत्र कट्टानकुडीस्थित मुगाथहुवरम समुद्र तटमा छापा मार्ने क्रममा डुङ्गामार्फत अवैध रूपमा अष्ट्रेलियामा मानव तस्करी गर्ने पाँच जनालाई सोमबार बिहान प्रहरी विशेष बलले पक्राउ गरेको थियो ।
मानव तस्करीमा प्रयोग भएका पाँच वटा डुङ्गापनि नियन्त्रणमा लिइएको छ । प्रहरीका अनुसार संदिग्धले अवैध रूपमा डुङ्गाबाट अस्ट्रेलिया लैजान सहमत भएका थिए र अध्यागमन कानूनको उल्लङ्घन गरेका थिए ।
उनीहरूलाई थप अनुसन्धानका लागि कट्टनकुडी प्रहरीलाई बुझाइएको छ । प्रारम्भिक अनुसन्धानमा उनीले डुङ्गाबाट अवैध रूपमा अस्ट्रेलिया लगेबापत प्रतिव्यक्ति करिब चार हजार २०० अमेरिकी डलर लिने गरेको खुल्न आएको छ ।
सम्बन्धित











इराकमा विद्युत् उत्पादनमा ठूलो गिरावट, ग्यास आपूर्ति स्थगित
रुग्ण ठेक्का रद्द गरेर अलपत्र आयोजनालाई गति दिँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो
केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
प्रतिक्रिया